तालिम समापन

A notice in Nepali from Mechinagar Ward No. 10

विर्तामोड, १९ असार : बिर्तामोड नगरपालिका भित्रका मासु व्यवसायीहरुको लागि आयोजित ‘स्वच्छ तथा सफा मासु उत्पादन’विषयक दुई दिने तालिम सम्पन्न भएको छ ।

सहारा नेपाल साकोसको साझेदारीमा बिर्तामोड नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले असार १७ गते देखि आयोजना गरेको तालिम शुक्रवार सम्पन्न भएको हो ।

तालिममा स्वच्छ मासु उत्पादनका लागि आवश्यक तरिका र पुर्वाधारका बारेमा सिकाइएको सहजकर्ता सहारा नेपाल साकोसका कृषि व्यवसाय इकाई प्रमुख डा.कमलेश्वर भाटले जानकारी दिनु भयो । तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख धुर्वकुमार शिवाकोटीले तालिममा सिकेको सिपलाई सहि सदुपयोग गर्नु पर्ने भन्दै विषादी रहित मासुमा जोड दिन सहभागीहरुलाई आग्रह गर्नु भयो ।

तालिममा बिर्तामोड नगरपालिकाको सबै वडाबाट १४ जना मासु व्यवसायीहरुले सहभागीता जनाएका थिए । तालिम समापन कार्यक्रममा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,प्राविधिक विष्णुप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

बिर्तामोड नगरपालिकाले सहारा नेपाल साकोसको साझेदारीमा कृषि तथा आवास सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.