पाँचलाख कोरोना सङ्क्रमित थपिए

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २२ मंसिर । विश्वमा कोरोना सङ्क्रमितको संख्या ६ करोड ७३ लाख ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँचलाख २६ हजार कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या ६ करोड ७३ लाख ६९ हजार नाघेको हो ।

कोरोना संक्रमितको तथ्याङ्क सङ्कलन गरिरहेको वल्डो मिटरको तथ्याङ्क अनुसार सङ्क्रमित मध्ये १५ लाख ४१ हजारको मृत्यु भएको छ । ४ करोड ६५ लाख कोरोना मुक्त भएका छन् ।

सङ्क्रमित मध्ये सबैभन्दा बढी अमेरिकामा एक करोड ५१ लाख ५३ हजार छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६७ हजार कोरोना सङ्क्रमित थपिएका छन् ।

कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा ३२ हजार कोराना सङ्क्रमित थपिएएका छन् । भारतमा सङ्क्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ । कोरोना सङ्क्रमणकै कारण भारतमा १ लाख ४० हजारको मृत्यु भएको छ ।

कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ६६ लाख ३ हजार पुगेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा २६ हजार कोरोना सङ्क्रमित थपिएका छन् । रसियामा कोरोना सङ्क्रमितको संख्या २४ लाख ६० हजार छ । ती मध्ये ४३ हजारको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.