वेवारिसे अवस्थामा मोटरसाइकल फेला

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २५ जेठ: सशस्त्र प्रहरी बल नेपाल वोडर आउटपोस्ट मेचीनगर —७ सतिघट्टाले नेपाल नम्बरको मोटरसाइकल नेपाल—भारत दशगजा नजीकैबाट मंगलबार विहान फेला पारेको छ । विओपी पति सशस्त्र प्रहरी नायव निरीक्षक किरण केसीका अनुसार हेण्डल लक गरेर नेपाल —भारतको दशगजा सीमाक्षेत्र नजीकै कासघाँरीमा लुकाइछिपाई राखेको अवस्थामा मे ५ प ५१५६ नम्बरको कालो रंगको सुपर स्प्लेण्डर मोटरसाईकल फेला परेको छ ।

सशस्त्र प्रहरीले विहान गस्ती गर्ने क्रममा वेवारिसे अवस्थामा लुकाइछिपाइको राखेको अवस्थामा मोटरसाइकल फेला पारेपछि नियन्त्रणमा लिइएको थियो । मोटरसाइकलका बारेमा थप अनुसन्धान भइरहेको र हाल उक्त मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल वोडर आउटपोस्ट मेचीनगर —७ सतिघट्टामा राखिएको छ । कसैले चोरी गदैं लगेको र प्रहरीलाई देखेपछि त्यही लुकाएर छाडीहिडेको आशंका प्रहरीले गरेको छ ।


घटनाका बारेमा आफ्नो मातहतमा सशस्त्र प्रहरीले जानकारी गराईसकेको छ । प्रहरीले कसैको मोटरसाइकल भए आवश्यक प्रमाणसहित सम्पर्क गर्न भनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.