मेचीनगरमा मतगणना कार्य अवरुद्ध : राप्रपाले माग्यो निर्वाचन अधिकृत फूयेँलको राजीनामा

A notice in Nepali from Mechinagar Ward No. 10

१ जेठ, मेचीनगर : शनिबार राति ९ बजेदेखि मेचीनगर नगरपालिकमा मतगणना कार्य अअवरुद्ध बनेको छ । निर्वाचन अधिकृतको कार्यालय मेचीनगर गैरजिम्मेवार बन्दा तथा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सामान्य विषयमा विवाद हुँदा मतगणना कार्य अवरुद्ध बनेको बताइएको छ ।

शनिवार दिउसो २ बजेबाट मेचीनगर वडानम्बर १ को कृष्ण निमावि तथा जनकल्यायण प्राथमिक विद्यालय मतदान स्थल अन्तर्गत क र ख को मतगणना कार्य प्रारम्भ गरिएको भएपनि राति ९ बजेबाट अवरुद्ध बनेको मतगणना पुनः सञ्चालनका लागि बिहान साढे १ बजेसम्म दल र निर्वाचन अधिकृतको कार्यालय मेचीनगरबीच छलफल भएपनि सञ्चालन हुन सकेन् ।

राति ९ बजेबाट मेचीनगर नगरपालिका वडानम्बर १५ को मतगणना प्रारम्भ गर्ने भनिएको थियो । नेकपा एमालेका नेता टीकाराम मंग्रान्तीले १५ नम्बर वडाको मतगणनाका लागि आफ्ना १० जना पार्टी प्रतिनिधिहरुलाई प्रतिनिधिको कार्ड उपलब्ध गराउन निर्वाचन अधिकृतको कार्यालय मेचीनगरलाई भनेका थिए । कार्यालयले सर्बदलिय बैठकको निर्णय अनुसार कार्ड उपलब्ध गराउने भने पछि नेता मंग्रान्तीले पर्याप्त कार्ड नदिएसम्म १५ नम्बर वडाको मतगणना कार्यमा आफ्नो पार्टीकोतर्फबाट प्रतिनिधि नबस्ने भन्दैं मतगणनास्थलबाट बाहिरिए पछि समस्या उत्पन्न भएको नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका अन्य दलले आरोप लगाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका निर्वाचन अधिकृत वेदराज फूयेँल र नेता मंग्रान्तीबीचको संवाद नेकपा माओवादी केन्द्रका एक नेताले सुनिरहेका थिए । नेता मंग्रान्ती बाहिरीएपछि १५ नम्बर वडाको मतगणना कार्य प्रारमभ हुन सकेन् । त्यस लगत्तै वडानम्बर १ को मतगणना कार्यमा नेकपा माओवादी केन्द्रकातर्फबाट सहभागि प्रतिनिधिहरुले वडानम्बर १ को मतगणना कार्य समेत रोक्न माग गदैं गणनास्थलबाट बाहिरिएपछि मतगणना कार्य अवरुद्ध बनेको थियो । यस विषयमा निर्वाचन अधिकृत वेदराज फूयेँलसँग सम्पर्क गर्दा दलहरुबीच सहमती हुन नसकेका कारण मतगणना अवरुद्ध बनेको बाहेक अरु केही बोल्न नमिल्ने बताउनुभयो ।

बिहान साढे १ बजेसम्म गणना कार्य सञ्चालन हुने नसकेपछि गणना गर्न बाँकी रहेका ३ सय मतपत्र अलपत्र झै रहे । मतगणना कार्य स्थगित गर्ने या पुनःसञ्चालन गर्ने भन्ने विषयमा निर्वाचन अधिकारी तथा दलका प्रतिनिधिहरुबीच ठोस निर्णयमा पुग्न नसक्दा निर्वाचन अधिकारी तथा दलका प्रतिनिधिहरुबीच सामान्य विवाद समेत भयो ।

निर्वाचन कार्यालयले गणना गर्न बाँकी रहेका ३ सय मत जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा छाड्ने र दलहरुले कुनै पनि हालतमा मतपत्र त्यसरी छाड्न नमिल्ने र तत्काल मतगणना कार्य सञ्चालन गर्न माग गरेपनि निर्वाचन अधिकृत वेदराज फूयेँलको गैरजिम्मेवारीका कारण मतगणना कार्य अघि बढ्न नसकेको आरोप दलहरुको छ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि राजु दाहाल र नेपाली काँग्रेसका प्रतिनिधि तेजप्रसाद चौलागाईँले बिहान दलका उच्च नेतृत्वसँग छलफल गरेर मतगणना कार्य पुनः सञ्चालन गर्न माग गरेका थिए ।

गणनास्थलमा रहेका ३ सय मत नेकपा एमाले, नेपाली काँग्रेस मंगोल नेश्नल अर्गनाइसेजनलगायत दलका प्रतिनिधिहरुले रुगेर बसेका थिए । मतगणना अवरुद्ध हुनुको ठोस कारण बताउन नसकेको भन्दैं राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन अधिकृत वेदराज फूयेँलको राजीनामा मग गरेको छ । फूयेँललाई यहाँबाट फिर्ता बोलाएर अर्काे निर्वाचन अधिकृत पठाउन समेत पार्टीका मेचीनगर उपाध्यक्ष घनश्याम लामिछानेले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.