सिन्धुलीका निरज झापामा पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असार, काँकडभिट्टा : सिन्धुली तीनपाटन गाउँपालिका–४ का २० वर्षीय निरज खड्का झापाको काँकडभिट्टामा पक्राउ परेका छन् ।

उनको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित १५ दशमलव २ सयग्राम ब्राउन सुगर फेला पारेको छ ।

खड्कालाई सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट विओपी काँकडभिट्टा मातहतको मेचीनगर –६ मेचीडाँडामा रहेको फरवार्ड पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक नारायणप्रसाद गौतम नेतृत्वको टोलीले पक्राउ गरेको विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले बताउनुभयो ।

भारतबाट नेपालतर्फ आउदै गर्दा सीमा स्तम्भ ९०/१ स्थित दशगजाक्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिईएको हो । प्रहरी शंका लागि चेकजाँच गर्दा प्लास्टिकमा पोको पारेर ल्याएको १५ दशमलव २ सय ग्राम ब्राउन सुगरका दुईवटा पोका फेला पारेको सशस्त्र प्रहरी निरीक्षक राईले बताउनुभयो ।

लागूऔंषध सहित खड्कालाई आवश्यक कारवाहीकालागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
प्रहरीले खड्काको साथबाट नगद नेपाली १ हजार ५ सय रूपैयाँ र कर्लस कम्पनिको सानो मोवाइल फोन समेत फेला पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.