मेचीनगर, १९ असार : नाला खन्ने क्रममा सामान्य विवाद हुँदा वडाअध्यक्षको इँटा प्रहारबाट नेपाली काँग्रेसका पूर्व गाउँ समिति सचिव घाइते भएका छन् । घटना झापा मेचीनगर १३ चारआलीको हो । मेचीनगर—१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले प्रहार गरेको इँटाले लागेर नेपाली काँग्रेसका पूर्व दुहागढी गाउँ समितिका सचिव अर्जुन थेवे गम्भीर घाइते भएको बताइएको छ ।

वडाध्यक्ष सिग्देल
घाइते थेबेले तत्काल घटनाका बारेमा विभिन्न सञ्चारकर्मीहरुलाई म्यासेज पठाएर जानकारी गराउनुभएको थियो । ‘मेरो घर आगनमा जेसिभीले नाला खन्दा हामी सरोकारवालालाई पूर्व सूचना जानकारी केही नगराएको । उक्त काम गर्ने वडानम्बर १३ को वडाध्यक्ष कृष्ण सिग्देल । घटना स्थल मेचीनगर —१३ चारआली । समय? शुक्रबार दिनको अन्दाजी २ः३० बजे । सामान्य बादविवाद हुँदा इँटाले टाउकोमा प्रहार गरेको । ७ टाका सिलाई भएको छ । प्राथमिक उपचार चारआलीको मनोकामना हस्पिटलमा भएको र सोहि राति अवस्था अलि गम्भीर भए पछि राति ९ः३० बजे विर्तामोडस्थित विएण्ड्सीमा उपचार भइरहेको छ ।’ घाईते थेवेले सञ्चारकर्मीहरुलाई पठाएको सन्देश हो ।
ढल खन्ने बिषयमा विवाद हुँदा वडा अध्यक्ष सिग्देल र स्थानीयबी भएको विवाद र कुटपिटका क्रममा सिग्देलले प्रहार गरेको इँटाले लागेर थेबेको टाउकोमा गभ्भिर चोट लागेको बताईको छ । घाइते थेबेको टाउकोमा ७ टाँका लगाइएको बिर्तामोडस्थीत विएण्डसी अस्पतालमा उपचार भइरहेको उहाँले लेखेको सन्देशले पुष्टि गर्छ ।
घट्नालगत्तै वडा अध्यक्ष सिग्देललाई प्रहरीले नियन्त्रणमा लिईएको थियो । मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेले उप्रेतीको आग्रह अनुसार शनिबार छलफल गर्ने गरी वडा अध्यक्ष सिग्देललाई घर पठाइएको थियो । घट्ना सम्बन्धमा घाइतेका परिवारको तर्फबाट प्रहरीमा किटानी जाहेरी दिने तयारी भएको थेबे परिवारले जनाएको छ ।
शुक्रबार अपरान्ह २ः३० बजेतिर चारआलीस्थित थेवेको घर अगाडि सडक छेउमा बर्षातका कारण जमेको पानीलाई निकास दिने बिषयमा वडा अध्यक्ष सिग्देल र थेबे बिच बिवाद उत्पन्न भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।


























