म्यादी प्रहरीको तालीम अन्तिम चरणमा, तालीम पश्चात कार्यक्षेत्र पठाउने तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

८  बैशाख,  मेचीनगर : आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनकालागि झापा जिल्लामा छनौटमा परेका म्यादी प्रहरीहरुको तालिम अन्तिम चरणमा पुगेको छ । जिल्लाका विभिन्न प्रहरी कार्यालयमा निश्चित अवधिको तालीम सम्पन्न पश्चात पुनः उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा पठाईने र जिल्लाले कार्यक्षेत्र पठाउने छ ।

पीटी, रनिङलगयात अन्य अनुशासनका तालिम अहिले जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा म्यादी प्रहरीले लिइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ । म्यादी प्रहरीहरुलाई धेरै कुराको तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइने छ । म्यादी प्रहरीमा भर्ना हुन  शारीरिक रुपमा तन्दुरुस्त र स्वास्थ्य परीक्षामा उत्तीर्ण हुनुपर्ने प्रावधान थियो ।

तालिममा सबैभन्दा पहिला अनुशासनका कुरादेखि रनिङ्ग पीटीसहित  विभिन्न खालका अभ्यासहरुका बारेमा प्रशिक्षकहरुले प्रशिक्षण दिएर पोख्त बनाएर कार्यक्षेत्रमा पठाउँने गरिएको छ । विशेषगरी तालीममा मतपेटिका, मतदान स्थल र मतदाता, मतदान गराउन कार्यरत कर्मचारीलगायतको सुरक्षा तथा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउने लगायतका विषयमा प्रशिक्षणमुलक ढंगले तालीम प्रदान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  यी तालिमहरु भविष्यमा उनीहरुका लागि फलदायी समेत हुने विश्वास लिइएको छ । निर्वाचन किन ? निर्वाचनको आवश्यकता ? राष्ट्रियतालगायतका विषयमा समेत प्रशिक्षहरुले प्रशिक्षण दिइने छन् ।

एकजना प्रहरी अधिकृतका अनुसार एउटा नेपाल प्रहरीकालागि आवश्यक आधारभूत जे जस्ता तालीम हुन्छ त्यस्तै तालीम म्यादी प्रहरीहरुलाई समेत दिने गरिएको छ । विशेषगरी उनीहरुलाई दिने तालीम निर्वाचन केन्द्रीत हुने प्रहरी अधिकारीहरुको भनाई छ । झापामा ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीको आवेदनमा ८ हजार ४ सय  ३९ जनाले आवेदन थिए । झापामा २ हजार ७ सय ६४ म्यादी प्रहरी माग संख्या तोकिएको भए पनि पछि बाट संख्या थप गरेर २ हजार ९ सय ६४ पुर्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वशन्त पाठकले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले चैत ६ गतेदेखि ११ गतेसम्म खुलाएको म्यादी प्रहरी भर्नामा झापामा जिल्लाका १५ वटै स्थानीय तहबाट आएका विद्यार्थी, कृषक, मजदुरदेखि पूर्व प्रहरी कर्मचारीहरूले उत्साहका साथ म्यादी प्रहरीमा आवेदन दिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलमा २०७८ साउन १ गतेदेखि विभिन्न पदका लागि आवेदन दिएका शारीरिक रुपमा तन्दुरुस्त र स्वास्थ्य परिक्षणमा उत्तीर्ण भै प्रवेश पत्र पेश गर्ने, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट निवृत्तिभरण प्राप्त ब्यक्तिहरु, पूर्व बनरक्षक, बिदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरि अवकाशप्राप्त नेपाली नागरिक र विगतका चुनावमा म्यादी प्रहरीमा भर्ना भै सन्तोषजनक काम गरेकाहरुलाई प्राथमिकता राखिएको थियो ।

म्यादी प्रहरीले ४० कार्य दिनको तलब ३० हजार २ सय ४० रुपैयाँ, राशन भत्ता ७ हजार २ सय  रुपैयाँ र पोसाक भत्ता ६ हजार र एक हजार यातायात खर्च गरी जम्मा ४४ हजार चार सय ४० रुपैयाँ पाउने छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मात्र  ३२ महिलासहित १ सय ६३ जना म्यादी प्रहरीले तालीम लिइरहेका छन् । कार्यालय मातहतमा  नकलबन्दा, बाहुनडाँगी तिरीङ्गलगयातका प्रहरी कार्यालयमा मात्र २ सय ३८ जना म्यादी प्रहरीको तालमि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.