धुलाबारी माध्यमिक विद्यालय कोशी प्रदेशकै उत्कृष्ट विद्यालय घोषित

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, जेठ २१: झापाको मेचीनगरमा अवस्थित धुलाबारी माध्यमिक विद्यालय ‘प्रिन्सिपल एसोसिएशन नेपाल (PAN)’ द्वारा यस वर्षको ‘उत्कृष्ट विद्यालय पुरस्कार २०८२’ बाट सम्मानित हुने भएको छ। शिक्षा क्षेत्रमा पुर्‍याएको नेतृत्वदायी भूमिका र नवीन पहलका लागि धुलाबारी माविलाई कोशी प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा छनोट गरिएको प्रिन्सिपल एसोसिएशन नेपालले जनाएको छ।

एसोसिएशनका अध्यक्ष सुदाम प्रसाद गौतमले विद्यालयलाई पठाएको पत्रमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला नेतृत्वको छनोट समितिले धुलाबारी माविलाई यो सम्मानका लागि छनोट गरेको उल्लेख छ।

धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईटेलका अनुसार, यही जेठ २३ गते पोखरामा हुने प्रिन्सिपल एसोसिएशन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनका अवसरमा विद्यालयलाई पुरस्कृत गरिनेछ। लुईटेलले विद्यालयको तर्फबाट पोखरा पुगेर उक्त पुरस्कार ग्रहण गर्ने बताउनुभयो।

यो सम्मानले धुलाबारी माध्यमिक विद्यालयलाई थप शैक्षिक उन्नयनका लागि प्रेरित गर्ने र अन्य विद्यालयहरूलाई पनि उत्कृष्ट बन्न प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.