ग्याँस चुहिएर आग्लागी हुँदा एउटै घरका तीनजना घाईते

A notice in Nepali from Mechinagar Ward No. 10

२६ भदौ, मेचीनगर : झापाको अर्जुनधारमा ग्याँस चुहिएर आग्लागि हुँदा एउटै घरका तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा—७ स्थित पुष्पलाल मार्गमा शनिबार साँझ रोमनाथ खनालको एक तले इँटाको पर्खाल माथि टिनको छानो भएको घरमा आग्लागी भएको थियो ।

नयाँ एलपी ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहिएर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उक्त आग्लागीमा परेर घरधनी ४२ वर्षीय रोमनाथ खनाल, उहाँकी श्रीमती ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षका छोरा पंकज खनाल घाइते भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । सबैको शरीर जलेको र अवस्था मध्यम तथा सवै बोल्न सक्ने रहेको प्रहरीको भनाई छ । सवैलाई उपचारकालागि विराटनगर स्थित नोवल मोडिकल कलेज लगिएको प्रहरीको भनाई छ ।

विर्तामोड नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ साढे ७ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ । घटनाको खवर सुन्न साथ इलाका प्रहरी कार्यालय विर्तामोडबाट प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा १५, प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.