हात्तीले लखेट्दा विशालकाे खुट्टा भाच्चियाे

A notice in Nepali from Mechinagar Ward No. 10

१९ मंसिर, बाहुनडाँगी : झापाकाे मेचीनगर-४ मा जंगली हात्ती खेदाउने क्रममा एक व्यक्ति घाईते भएका छन । आईतवार बिहान करीव ४ बजेतिर भएकाे घटनामा ४० वर्षीय विशाल पाण्डे घाईते भएका हुन् । परिवारका अनुसार हात्तीले उनकाे दिदीकाे घरमा भण्डारण गरि राखेकाे अन्नमा क्षति पुर्याउन लागेपछि हार गुहार गर्दै हात्ती खेदाउन क्रममा उल्टै हात्ती मानिसहरूतिर नै आक्रमण गर्ने गरि आएपछि भाग्ने क्रममा लडेर उनकाे दाहिने खुट्टा भाच्चिएकाे छ ।

घरमा हात्तीले क्षति पुर्याउने भए पछि उनी हात्ती लखेट्न निस्केकाे दिदी सीमा पाण्डे कार्कीले जानकारी दिनुभयाे । ” लडेपछि खुट्टामा समस्या देखिएकाे र एक्स-रे गर्दा भाच्चिएकाे देखियाे “दिदी पाण्डेले भन्नुभयाे-“अहिले सामान्य क्रयाप व्याण्डिज गरिएकाे र विशेषज्ञ चिकित्सककाे परामर्शमा प्लाष्टर गर्ने तयारी भएकाे छ ।” घर आगनमै हात्ती देखेपछि अरू भने ज्यान जाेगाउन भागेका थिए ।

पाण्डे भने हात्तीबाट क्षति नपुगाेस भनेर खेदाउन गएका थिए । खेदाउने क्रममा हात्तीले उल्टै लखेट्दा उनी नालामा लड्न पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.