काँकडभिट्टा , २५ असार / झापामा शुक्रबार विहान भएकाे सवारी दुर्घटनामा परि नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईकाे निधन भएकाे छ । मृतक प्रसाई विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईकाे श्रीमान हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाकाे मेची राजमार्ग अन्तरगत चारआलीबाट चन्द्रगढीतर्फ गईरहेकाे बा १६ च ८१८२ नम्वरकाे कार विहान ११ :४० बजेझापाकाे भद्रपुर ९ चारआली चन्द्रगढी सडकखण्डकाे देवकाेटा चाेकस्थित देवकाेटाकाे शालिक कम्पाउण्डकाे वालमा ठाेक्किएर दुर्घटना भएकाे थियाे ।
कार आफै अनियन्त्रित भएर दुर्घटना हुदाँ विर्तामोड नगरपालिका १ का करीव ४६ वर्षीय प्रसाईं गम्भीर घाईते भएकाे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयाे ।
गम्भीरअवस्थाका घाईते प्रसाईलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाईएकाे थियाे। उपचारका क्रममा मध्यान्ह१२: १५ बजे प्रसाईकाे मृत्यु भएकाे प्रहरीकाे भनाई छ ।
प्रसाईकाे शव याे समाचार तयारपार्दासम्म अस्पतालमा छ ।कारकाे अगाडीकाे भाग पुर्णरूपमा क्षति भएकाे छ ।





















