झापामा मंगलबार राति भएको सवारी दुर्घटनामा एकको मृत्यु, चारजना घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

११ भदौं मेचीनगर : झापाको कन्काई नगरपालिका —८ विरिङ पुलमा मंगलबार राति ९ बजे भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिमतर्फ जार्दै गरेको मे १ च ३४४० नम्बरको मारुती भेन र पश्चिमबाट पूर्वतर्फ आउँर्दै गरेको मे १ च ५४४६ नम्बरको पिकअप एक आपसमा ठोक्किदाँ भएको सवारी दुर्घटनामा मारुती भेनका चालक शिवसताक्षी नगरपालिका —७ बस्ने २९ वर्षीय नवराज वाँस्कोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते वास्कोटालाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्यउान साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनामा सोही भेनमा सवार झापा शिवसताक्षी नगरपालिका — ७ बस्ने बर्ष ४० को पृथ्बीनाथ साहको शरीरको बिभिन्न भागमा चोट, निजकै श्रीमती बर्ष ३७ की पुनमदेबी साहको अनुहारमा चोट, निजकै छोरा बर्ष १४ को प्रसन्न साहको दाहिने खुट्टामा चोट, निजकै छोरी बर्ष ९ की प्रिन्सा साहको नाक र दाहिने खुट्टामा चोट लागि बिएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भई रहेको प्रहरीको भनाई छ ।

मारुती भेन, पिकअप र पिकअप चालक धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका —८ बस्ने बर्ष २४ को सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । मृतक वाँस्कोटा मारुती भेन चालक रहेको भनी परिवारबाट सनाखत भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.