हेटौँडा सिमेन्ट उद्योगले पुनर्जीवन पाउने संकेत: झाडी सरसफाइसँगै सञ्चालनको तयारी तीव्र

A notice in Nepali from Mechinagar Ward No. 10

हेटौँडा । लामो समयदेखि शिथिल अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई पुनः सञ्चालनमा ल्याउने कसरत सुरु भएको छ। उद्योगलाई स्वच्छ, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ आइतबार उद्योग परिसरमा बृहत् ‘झाडी सरसफाइ अभियान’ सञ्चालन गरिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीको नेतृत्वमा सुरु भएको उक्त अभियानमा विभिन्न सरकारी निकायका प्रतिनिधि, सुरक्षाकर्मी र नागरिक समाजको सक्रिय सहभागिता रहेको थियो। सरसफाइका क्रममा उद्योग परिसरभित्र फैलिएका झाडी, घाँस र अव्यवस्थित वनस्पतिहरू हटाइएको छ, जसले आगलागीको जोखिम न्यूनीकरण गर्नुका साथै उद्योगको सौन्दर्य बढाएको छ।

कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले हेटौँडा सिमेन्टलाई पुनः सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी यस उद्योगलाई चाँडै नै उत्कृष्ट उत्पादन गर्ने उद्योगका रूपमा स्थापित गर्ने लक्ष्यमा छौँ। उद्योग सञ्चालनलाई दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका कामहरू अगाडि बढाइनेछ।”

स्थानीयवासी र सरोकारवालाहरूले यस सरसफाइ अभियानलाई उद्योग ब्युँताउने सकारात्मक सुरुवातको रूपमा लिएका छन्। सरकारको यो सक्रियताले हेटौँडाबासीमा उद्योग पुनः सञ्चालन हुने आशा जगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.