भद्रपुर नगरपालिकाको ८३ करोड १३ लाखको बजेट पारित

A notice in Nepali from Mechinagar Ward No. 10

-गंगा बराल
९असार, भद्रपुर : प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७८ ०७९ का लागि ८३ करोड १३ लाख दुई हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

बुधबार झापा उद्योग संघको सभाहलमा शुरु भएको आठौं नगरसभामा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले सो बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरसभामा प्रस्तुत बजेट अनुसार पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार र वातावरण तथा विपद व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट अनुसार नगरपालिकाका गौरवका आयोजनाहरु र प्रदेशकै पहिलो साइन्ससिटी, कमलधाम पर्यटकीय स्थल जस्ता महत्वाकांक्षी योजनाहरुलाई विशेष प्राथमिकता दिएको छ भने बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाको दीगोपन एवम् स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, पर्यटन, उद्योग, लापोन्मूख आदिवासी जनजातिको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
नगरसभामा नगरप्रमुख श्रेष्ठले नगरपालिकामा जनप्रतिनिधिले नेतृत्व सम्हालेपछिका चार वर्षमा भएका उपलब्धि आफ्नो नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.