भद्रपुर भन्सार कार्यालयले वार्षिक राजस्वको लक्ष्य आठमहिनानै पुरा गर्यो : चालु आवको आठमहिनामा १४२ दशमलव ३० प्रतिशत राजस्व संकलन

A notice in Nepali from Mechinagar Ward No. 10

९ चैत, भद्रपुरः अवैधरुपमा हुने चोरी पैठारी नियन्त्रणका लागि भद्रपुर भन्सार कार्यालयले सक्रियता वढाए लगत्तै राजस्व असुलीमा निक्कै प्रगति भएको छ । कार्यालयका निमित्त भन्सार ‐कार्यालय) प्रमुख अर्जुन सिटौलाका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभागले वार्षिकरुपमा दिएको लक्ष्य कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो आठ महिनाभित्रै पुरा गरेको छ ।

लक्ष्यमात्र पुरा नभई वार्षिक लक्ष्यको तुलनामा ४२ दशमलव ३० प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार विभागले चालु आर्थिक वर्ष २०८०÷०८१ को एकवर्षको अवधिमा भन्सार विभागले भद्रपुर भन्सार कार्यालयलाई १२ करोड ७८ लाख रुपैयाँ राजस्वको लक्ष्य दिएको भएपनि चालु आर्थिक वर्षको पहिलो आठ महिना फागुन मसान्तभित्रमा १७ करोड १८ लाख७२ हजार २ सय ७५ रुपैयाँ वा १४२ दशमलव ३० प्रतिशत राजस्व संकलन गरिसकेको निमित्त भन्सार ‐कार्यालय) प्रमुख सिटौलाले जानकारी दिनुभयो ।

जुन रकम लक्ष्यको तुलनामा ५ करोड १० लाख ९२ हजार २ सय ७५ रुपैयाँ वा ४२ दशमलव ३० प्रतिशत बढी हो । कार्यालयले फागुन महिनामात्र १ करोड ६६ लाख८० हजार ९ सय ४८ रुपैयाँ वा १ सय ५८ लशमलव ७३ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयको फागुनको मासीक लक्ष्य १ करोड ५ लाख ९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य थियो । लक्ष्यको तुलनामा कार्यालयले ६१ लाख ७१ हजार ९ सय ४८ रुपैयाँ वा ५८ दशमलव ७३ प्रतिशत बढी राजस्व संकलन गरेको निमित्त भन्सार ‐कार्यालय) प्रमुख सिटौलाले जानकारी दिनुभयो । लक्ष्यको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को एकवर्षे अवधिमा ५६ दशमलव २८ प्रतिशत र २०७९÷०८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

‘कार्यालयले वार्षिक लक्ष्य पुरा गर्न नसेकपछि पछिल्लो समय भन्सारले अवैधरुपमा हुने चोरी पैठारी नियन्त्रणमा निगरानी बढाएको छ ’ उहाँले भन्नुभयो—‘ यसलाई हामीले परिणाममा देखायौँ । ’ मेची भन्सार कार्यालय काँकरभिट्टा मातहतमा रहेका छोटी भन्सारहरुमध्ये प्रमुख स्थानमा रहेको भद्रपुर छोटी भन्सारको स्तोरन्नति गरी २०७५ भदौ १९ गते तात्कालिन अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुख्यः भन्सारकारुपमा भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

भारतको बिहार राजयको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्जनाका भएर भद्रपुर हुर्दै प्रमुख रुपमा लत्ताकपडा, चिया उदोगको प्याकिङ्गका सामाग्री तथा मेशिनरी पार्टस्, ल्याइउड, उद्योगको पाटपूर्जाको केमिकल, तथा फलफूल र खेतीपातीमा प्रयोगहुने विषादी अत्याधिकरुपमा आयात हुने गरेको छ ।

यसअघि यस कार्यालय हुदैं आयात निर्यात गर्ने व्यवसायीहरुले प्रज्ञापन पत्र आफै भर्ने गरेको भएपनि केही दिनयतादेखि लाइसेन्स र कानुनी मान्यता प्राप्त भन्सार एजेण्टहरुले काम शुरु गरेको कार्यालयले जनाएको छ । भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमररखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहेपनि सवै छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

यस अघि भद्रपुर भन्सार कार्यालय मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको थियो । स शस्त्र द्वन्दका बखत बिस्थापित भएर बन्द भए पनि यो छोटी भन्सार कार्यालय सञ्चालनमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.