ब्रोकरले खुद नाफाको एक प्रतिशत रकम शिक्षा तथा जागरूकताको क्षेत्रमा खर्च गर्नुपर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डाै – शेयर कारोबारी संस्थाले आफ्नो खुद नाफाको एक प्रतिशत रकम लगानीकर्ता शिक्षा तथा जागरूकताको क्षेत्रमा खर्च गर्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरूले आफ्नो खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्टयाइ संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा खर्च गर्नुपर्ने जनाएको छ । यसरी खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरूप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ । धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा नै पुगेको, एउटै प्रारम्भिक सार्वजनिक निष्कासनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको तथा दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भइ देशका प्रमुख सहरबाट कारोबार गर्न सक्ने व्यवस्था भएको धिताेपत्र बाेर्डले जनाएकाे छ ।

साथै बजारमा नयाँ लगानीकर्ताको प्रवेशसमेत बढेकाले सचेतना शिक्षाको व्यवस्था कडाइका साथ लागू गर्न लागिएको बोर्डले जनाएको छ । सचेतना अभिवृद्धि कार्यक्रमबाट लगानीकर्ता सुसूचित हुने र लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.