९ माघ, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाइको सभापतिमा वरिष्ठ अध्यापक विष्णु गौतम चयन हुनुभएको छ । संघको प्रथम अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि ९ सदस्यीय संघ गठन गरेको हो । संघको आज भएको अधिवेशनले उपाध्यक्षमा वरिष्ठ अध्यापक चक्रबहादुरु बानियाँ, सचिवमा वरिष्ठ अध्यापक लम्बोदर पौड्याल, कोषध्याक्ष्मा सहायक अध्यापक जमुना ढुङ्गानालाई चयन गरेको छ ।
संघको आज नै बसेको बैंठकले वरिष्ठ अध्यापक हेमकुमार खड्कालाई सञ्चालक समितिमा संघको तर्फबाट प्रतिनिधि समेत चयन गरेको छ ।
क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले नव गठित समितिलाई हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।