राज्यकोषको रकम दुरुपयोग नगर्न मन्त्री मगरको आग्रह, काँकरभिट्टा क्याम्पसको आठौँ वार्षिक सभा सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१६ भदौ, मेचीनगर : कोशी प्रदेश सरकार विराटनगरका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर ‐राम राना) ले राज्यकोषबाट हुने सवै खर्च ठीक ठाउँमा भए नभएको निगरानी गर्नु सवैको दायित्व भएको बताएका छन् । सोमबार झापाको मेचीनगर नगरपालिका वडा नम्बर— ६ स्थित काँकरभिट्टा बहुमुखी क्याम्पसको क्याम्पस विधान २०८० को बुँदा १३ अनुसार क्याम्पसको सर्वोच्च अंगकोरुपमा रहेको क्याम्पस सभा, आठौं वार्षिक सभाको प्रमुख अतिथिको आसनबाट विविधरुपमा उद्घाटन गदैं मन्त्री मगरले उक्त कुरा बताएका हुन् ।

पर्यटनका क्षेत्रमा होस वा धार्मिक, भौतिक पूर्वाधारमा होस या शिक्षा स्वास्थ्यलगायतका विविध क्षेत्रमा राज्यले गरेको लगानी दुरुपयोग छ या सदुपयोग यसको मुल्याङ्कन गर्ने बेला आएको मन्त्री मगरको भनाई छ । आवश्यकता र मापदण्डका आधारमा हरेक विकास निर्माणका कार्य गर्नुपर्ने भन्दैं त्यसका लागि स्पष्ट नीति तयार गर्नुपर्ने मन्त्री मगरको जोड थियो । शिक्षा र स्वास्थ्यमा स्पष्ट नीति नभएकै कारण बेला बखत समस्या आउने गरेको भन्दैं मन्त्री मगरले सामाजिक क्षेत्रको नेतृत्व राजनीतिदलका नेता कार्यकर्ताहरुले गरे पनि विग्रिने गरी गर्न नहुने स्पष्ट पारे ।

अब शिक्षामा कडाई गदैं अघि बढ्नुपर्ने भन्दैं मन्त्री मगरले कोशी प्रदेशभरिका क्याम्पस हेर्ने जिम्मा प्रदेश सरकारको रहेको बताए । मन्दिर, मस्जिद, चर्च, गुम्बालगायतमा बजेट माग गरिए पनि शिक्षक्षेत्रमा खासै बजेटको माग नहुने हुँदा यी क्षेत्रमा अत्यधिक बजेट विनियोजन हुने गरेको उनको भनाई थियो । अब हरेक क्षेत्रमा कुनै पनि नीति निर्माण गर्दा त्यसका विज्ञहरुले ध्यान दिन जरुरी रहेको आवश्यकता मन्त्री मगरले औल्याए ।

नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने स्पष्ट पारे । यसका लागि तीनै तहका सरकार लागि परेको र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए । गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं मन्त्री मगरले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताए ।

उत्पादन एवम् उद्यमशिलता अभिवृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्ने स्पष्ट पार्दै उद्यमशीलता, उत्पादन र रोजगारी बृद्घिको लागि शिक्षलाई सीपसँग जोड्नुपर्ने उनको भनाई थियो । पढेका धेरै ज्ञानको जीवनमा उपयोग नै आउदैनन्, व्यवहारमा प्रयोग हुदैन् भने डिग्री गरे पनि त्यस्तो शिक्षाको महत्व नहुने भन्दैं मन्त्री मगरले बजारमा सजिलै विक्री हुने विषय पढन् पनि सुझाँव दिए ।

कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले अहिले अधिकाँश सामुदायिक क्याम्पसहरूको अवस्था निक्कै दयनीय रहेको भन्दै यसको सुधार र प्रवद्र्धनका लागि कोशी प्रदेश सभा, कोशी प्रदेश सरकार अघि बढेको बताए ।

प्रदेश सभा सदस्य गोपाल तामाङलेवर्तमान अवस्था झै रहने हो भने अब थुप्रै सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुग्ने दाबी गरे । हरेक क्षेत्रलाई समाजसँग जोड्न र शैक्षिक संस्थाको सवैखाले सुधारका लागि सवैको भूमिका महत्वपुर्ण हुने भएकाले एक्लै नभई सवै मिलेर अघि बढ्नुपर्ने उनको भनाई थियो । त्यसमा कोशी प्रदेशसभा, प्रदेश सरकार र आफू आवद्ध दलसँग पुलको काम आफुले गर्ने स्पष्ट पारे । पछिल्लो समय अप्राविधिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण घटिरहेकाले अब प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने प्रदेश सभा सदस्य तामाङले आवश्यकता ओैँल्याए ।

उनले प्राविधिक विषयको स्वीकृति प्राप्ति ,सञ्चालनमा आर्थिक व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन र दक्ष जनशक्ति व्यवस्थापन पनि उत्तिकै कठिनाई रहेको समेत विचार राखे । शैक्षिक सुधारकालागि अब हरेक शैक्षिक संस्थाहरू लाग्नु पर्ने उनको भनाई थियो ।

क्याम्पस सञ्चालक समितकिा अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीले बोलेका थिए । उनीहरुले नगरभित्रका शैक्षिक संंस्थाको गुणस्तर सुधारका लागि स्थानीय सरकार लागि परेको र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको जानकारी गराए ।स्थानीय सरकारले सिमीत श्रोत र साधनका बाबजुद पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदैं शिक्षा, स्वास्थ्य, कृषिलगायत स्थानीय सरकारको प्राथमिकतामा रहेको धारणा राखेका थिए ।

गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं उनीहरुले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताए । मेचीनगरभित्र सञ्चालनमा रहेका तीनवटा सामुदायिक क्याम्पस नगरकै गहना भएका र यसको टिकाउका लागि आम नगरवासीको कर्तव्य रहेको औल्याएका थिए । क्याम्पसको विगतदेखि बर्तमानसम्मको सवै अवस्थाका बारेमा स्थानीय सरकार जानकार रहेको र क्याम्पसको शैक्षिक सुधारकालागि हरेक वर्ष बजेटमा सम्बोधन हुदैं आएको समेत जानकारी गराए ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले कार्यक्रमको सञ्चालनसहित विविध विषयमा जानकारी गराए । सोहि अवसरमा व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायका चौथो वर्ष उतिर्ण विद्यार्थीहरलाई उच्च शिक्षाको कामनासहित विदाई गरिएको थियो ।

सामाजिक परीक्षण समितिको अध्यक्षमा ज्ञानु

क्यााम्पसका सामाजिक परीक्षण समिति सामाजिक परीक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । आगामी दुईवर्षका लागि ज्ञानु बोहोराको संयोजकत्वमा पाँच सदस्यीय सामाजिक परीक्षण समिति सर्वसम्मत चयन गरिएको छ । समितिको सदस्यहरुमा दीपक काफ्‌ले, किशोर भण्डारी, विकाश थापा, विमला देवकोटा चयन भएका छन् ।

क्याम्पस सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले शब्दमार्फत स्वागत गर्नुभयोकार्यक्रममा कोशी प्रदेश सभाका निवर्तमान कोशी प्रदेश सभा सदस्य राधा थापा, क्याम्पसका सल्लाहकार रामचन्द्र उप्रेती, काँकडभिट्टा बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति विष्णु गौतमलगायत विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि , क्याम्पसको अक्षयकोषदाता, भवन निर्माणकर्ता, चन्दादातालगायत शिक्षासेवी, पूर्व विद्यार्थीसहितको उपस्थिति रहेको थियो । सञ्चालक सदस्य सुशील आचार्यले शब्दमार्फत स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.