गोरखा–१ अपडेट: खराब मौसमले रोकियो मतपेटिका ढुवानी, मतगणना शनिबार मात्रै सुरु हुने

A notice in Nepali from Mechinagar Ward No. 10

गोरखा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कार्य सुरु हुन अझै केही समय लाग्ने भएको छ। उत्तरी गोरखाका विकट मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलन हुन बाँकी रहेकाले शनिबार मात्रै गणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका २३ मतदान केन्द्रमध्ये १४ वटा केन्द्रको मतपेटिका अझै ढुवानी हुन सकेको छैन। शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी थालिए पनि खराब मौसम र तीव्र हावाहुरीका कारण सबै मतपेटिका ल्याउन नसकिएको हो।

मुख्य जानकारीहरू:

  • ढुवानी अवस्था: हालसम्म दुई पटक गरेर ९ वटा केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ। नाम्रुङ, प्रोक र सिर्दिवास लगायतका १४ केन्द्रको मतपेटिका अझै उतै रोकिएका छन्।

  • तल्लो भेग: क्षेत्र नम्बर १ को तल्लो भेगका सबै मतपेटिकाहरू भने गएराति नै सङ्कलन भइसकेका छन्।

  • क्षेत्र नं २ मा गणना सुरु: गोरखा क्षेत्र नम्बर २ मा भने सबै मतपेटिका संकलन भई मतगणना कार्य सुरु भइसकेको छ।

  • गणना स्थल: क्षेत्र नं १ को गणना जिल्ला समन्वय समितिको भवनमा र क्षेत्र नं २ को गणना भू तथा जलाधार व्यवस्थापन कार्यालयमा हुनेछ।

चुमनुव्रीका बाँकी मतपेटिकाहरू भोलि (शनिबार) बिहानै मौसम अनुकूल हुनासाथ हेलिकप्टरमार्फत ढुवानी गरिने र त्यसपछि मात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.