गोलबजारका तत्कालीन मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हाटबजार ठेक्कामा अनियमितता गरी १ करोड ६० लाखभन्दा बढी सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको अभियोग

A notice in Nepali from Mechinagar Ward No. 10
गोलबजार नगरपालिका कार्यालयको साङ्केतिक तस्बिर
पढ्न लाग्ने समय: ३ मिनेट • कुल शब्द: ३२२

📌 मुख्य बुँदाहरू:

  • सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
  • आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु, बाख्रा तथा गुदरी हाटबजार सञ्चालनको ठेक्कामा अनियमितता गरी १ करोड ६० लाख रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्‍याइएको अख्तियारको दाबी छ।
  • प्रतिस्पर्धाविना सोझै ठेकेदारलाई जिम्मेवारी दिनुका साथै कार्यपालिकाबाट नियम विपरीत राजस्व छुट दिने निर्णय गरिएको अनुसन्धानमा खुलेको छ।

सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। नगरपालिकामा हाटबजार ठेक्कामा अनियमितता गरी १ करोड ६० लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको पाइएपछि कारबाही अघि बढाइएको आयोगले जनाएको छ।

logo
logo

अनियमितताका मुख्य आधार र प्रतिवादीहरू

आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाले वडा नम्बर ६ र ७ मा हाटबजार सञ्चालनबापतको राजस्व संकलन गर्न वडा नम्बर ८ का ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा जिम्मेवारी दिएको थियो। नगरपालिकाको २०७८ साउन ४ गतेको कार्यपालिका बैठकले बुझाउनुपर्ने राजस्वमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरेको थियो। स्थानीय तहमा कर छुट दिनुपर्ने बाध्यात्मक अवस्था भएमा नगरसभाबाट मात्रै निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि कार्यपालिकाबाटै सो निर्णय गराइएको अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, २०७८ साउन १४ गतेको बैठकबाट प्रतिस्पर्धाविना सोझै ठेकेदारलाई जिम्मेवारी दिने र ठेकेदारबाट असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने रकमसमेत नउठाइएको अख्तियारको आरोप छ।


अख्तियारले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध मुद्दा दायर गरेको छ। प्रतिवादीहरूबाट दाबी गरिएको बिगोसम्बन्धी विवरण माग गर्दै अदालतमा कारबाही प्रक्रिया अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.