‘सिहंदरवारको सरकारसँग भन्दा स्थानीय तहका सरकारसँग जनता आशाबादी ’ शर्मा

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असार, मेचीनगरः प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले अहिले सिहंदरवारको सरकार भन्दा पनि स्थानीय तहका सरकार जनताका लागि बढी आशाबादी रहेको बताउनुभएको छ ।

सिंहदरवारको सरकार कतिखेर लड्छ, कतिपटक विश्वासको मत लिनुपर्ने हो,कुनै टुङ्गो र संघीय सरकारको स्थिरता नभएका कारण अहिले स्थानीयवासीहरुले स्थानीय तहको सरकारसँग बढी अपेक्षा गरिरहेको उहाँको भनाई थियो । यी सारा कुराले गर्दा स्थानीयवासीको भरपर्दाे माध्यम वा आशा र भरोसाको केन्द्रविन्दु नै स्थानीय सरकार भएकाले उनीहरुका हरेक कुराको सम्बोधन स्थानीय सरकारले गर्नुपर्ने प्रतिनिधि सभा सदस्य शर्माको भनाई थियो । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय हुन जरुरी रहेको आवश्यकता उहाँले आँैल्याउनुभयो ।

बुधबार झापाको मेचीनगरमा काँकरभिट्टा सहलगानी आयोजना अन्तर्गत चार सय ५० घन मिटरको ओभरहेड ट्याँकीको शिलान्यास कार्यक्रममा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधि सभा सदस्य शर्माले अहिले देशको अर्थतन्त्र निक्कै डामाडोल रहेको भन्दैं सिहंदरवारको सरकार महिनैपिच्छे परिवर्तन भए पनि छिन छिनमा सरकार बदलिए पनि देश विकास गर्ने कुरा र देश र जनतालाई समृद्ध बनाउनेतर्फ हामी सवै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । स्थानीय सरकारका प्रमुख उपप्रमुख तथा जनप्रतिनिधिहरुले हरेक कुरामा समन्वय गरेपछि मात्र प्रदेश र प्रतिनिधि सभामा रहेका प्रतिनिधिहरुलाई काम गर्न सजिलो हुने उहाँको भनाई थियो । ‘स्थानीय तहबाट उहाँहरुले आवाज उठाउनुहुन्छ, ती आवाजलाई हामी सम्बन्धित ठाउँमा पुर्याउँछौ र मागको सम्बोधन हुन्छ ’ शर्माले भन्नुभयो—‘हामी बीचको समन्वय सहकार्यले हरेक समस्याका समाधान हुन्छ । कसैको एकलौटी पाराले बजेट ल्याउँने नल्याउँने हुदैंन, फलानोले यो योजना ल्यायो, यति बजेट ल्यायो भनेर प्रचार गर्नुको कुनै अर्थ छैन् । कसैले चाहरे पनि एक्लै योजना बजेट ल्याउन सक्दैन् ।’

बजेट विधि सम्वत नहुँने, कर्मचारीका हातमा हुने परिपाटीको अन्त्य नगरे सम्म सहि ठाउँमा बजेट नपुग्ने भएकाले त्यसको अन्त्य आवजको आवश्यकता रहेको उहाँको भनाई थियो । प्रत्येक स्थानीय तहका सरकारले स्थानीयवासीका समस्यालाई समयमै सम्बोधन गर्ने हो भने उनीहरुमा स्थानीय सरकारप्रति विश्वास बढ्ने र हरेक राजनीतिक दलका अनुहारमा मुस्कान भर्ने प्रतिनिधि सभा सदस्य शर्माले विश्वास व्यक्त गर्नुभयो । ‘हिजो कुन पार्टीबाट चुनाव लडियो होला, फरक फरक दलबाट उम्मेद्वार भएर प्रतिस्पर्धा पनि गरियो होला’ उहाँले भन्नुभयो—‘चुनाव जितेर नेतृत्वमा पुगिसकेपछि हामी सवै साझा प्रतिनिधि बन्नुपर्दछ, राजनीतिक रंग र गन्ध अनि फरक विचार आस्था र सिद्धान्तका कारण कसैलाई नजीक र टाढा बनाउनु हुर्दैन् ।’

अब सिंहदरवारको सरकारलाई स्थिर बनाउन,अर्थतन्त्रलाई मजवुत बनाउन पनि यो देशका दुई ठूला दलहरु ‐नेकपा एमाले र नेपाली काँगे्रस) एक ठाउँमा उभिएको नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका शर्माले स्पष्ट पार्नुभयो । यी दलहरुबीच सातबुँदे सहमती पनि भईसकेको छ, सहमती औपचारिकरुपमा बाहिर आएको छैन् । सहमती पत्रको दुई प्रति प्रिन्ट गरेर एकप्रति नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र अर्काे प्रति नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बोकेको उहाँले स्पष्ट खुलाउनुभयो । अब केही दिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रतिनिधित्व गर्ने ‐प्रधानमन्त्री बन्ने) र एमाले नेतृत्व सरकारलाई नेपाली काँग्रेसले काँधमा हालेर जस्तोसुकै संकट पर्दा पनि साथ सहयोग गरेर हिड्ने उहाँले बताउनभुयो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्नुको कुनै अर्थ नरहेको भन्दैं महामन्त्री शर्माले समय आए संविधानले व्यवस्था गरेको प्रक्रियाअनुसार नै उहाँले सरकार छाड्ने बताउनुभयो ।

अहिले यो देशक दुई ठूला दलहरु एक ठाउँमा उभिएका कराण धेरैजनामा शंका उपशंका पैदा भएको भन्दैं उहाँले यी दल मिलेपछि अन्य दलहरुलाई पेल्ने पो हुन की, ती दलहरुको अस्तित्व सकिने पो हो भन्ने लागेको छ भने त्यो कुनै हालतमा नहुने उहाँले स्पष्ट पादैं सहयात्री र हिजो लोकतन्त्रका लागि आन्दोलन गरेका दलहरुलाई साथमा नै राख्ने उहाँको भनाई थियो । दुवै दलले शासन गर्दा प्रतिपक्षको भूमिका कमजोर हुने कुरा नसोच्न समेत सवैमा आग्रह गर्नुभयो । अब बन्ने ओली नेतृत्व सरकारलाई असफल हुने छुट नभएकाले नेपाली काँग्रेस सरकारमा रहे पनि सरकारको खवरदारी गरिरहने उहाँले स्पष्ट पादैं घुमाउँरो पारामा मन्त्री बन्नका लागि आफ्नो पालो आएको स्पष्ट पार्नुभयो ।

४ सय ५० घन मिटरको ओभरहेड ट्याँकीको शिलान्यास

झापाको मेचीनगर— ५ स्थित सिर्जना चोकमा काँकरभिट्टा सहलगानी आयोजना अन्तर्गत चार सय ५० घन मिटरको ओभरहेड ट्याँकीको शिलान्यास भएको छ । प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले एक कार्यक्रमकाबीच सो ट्याँकीको शिलान्यास गर्नुभएको हो ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको अध्यक्षतामा भएको शिलान्यास कायक्रममा बोल्दैं शर्माले यसबाट नगरका संयौ जनता लाभावन्नित हुने विश्वास व्यक्त गर्नुभयो । मूल्य अभिवृद्धि करसहित कुल १० करोड ४८ लाख १९ हजार ४ सय ७७ रुपैयाँको लागतमा २०२४ जुन ६ तारीख ग्लोबल दिपेश जेभी काटेश्वर ३२ काठमाडौंसँग सम्झौता भएको थियो । कुल लागतमध्ये एक करोड ३१ लाख रुपैयाँ काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र नौं करोड १७ लाख १७ हजार ४२ रुपैयाँ संघीय सरकारले वेहोर्ने छ ।

उक्त रकमबाट एउटा चार सय ५० घन मिटर र अर्काे दुई सय २५ घन मिटरको गरी दुईवटा ओभरहेड ट्याँकी, चारवटा वोरिङ्ग, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा टिटमेन्ट प्रणाली, ३५ किलो मिटर पाएप लाईन विस्तार र कार्यालय भवन निर्माण हुने छ । २०२६ डिसेम्बर ५ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

शिलान्यास समारोहमा संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली काँग्रेसका झापा उपसभापति केशवराज पाण्डे, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्व अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरियालगायतले बोल्नुभएको थियो ।

उहाँहरुले निर्माण कार्यमा कुनै प्रकारको अवरोध नभई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सवैले आ आफ्नो ठाउँबाट साथ सहयोग गर्नुपर्ने समेत बताउनुभयो । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुनेछ भन्ने व्यवस्था पनि गरेको स्पष्ट पार्नुभयो ।

सचिव विशाल तामाङले सञ्चालन गर्नुभएको शिलान्यास कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष गोविन्द गिरीले शब्दमार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरु, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, शिक्षक, उपभोक्ता, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.