श्रीलंकाको नयाँ राष्ट्रपति चुनिए रनिल विक्रमासिंघे

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी : बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ।

विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।

श्रीलंकाको संसदमा २२५ सदस्य छन्। तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लखे गरिएको छ।

विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन्।

श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ।

यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उनको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो। त्यो बेला डिबी विजेटुंगा निर्विरोध भएकाले मतदान गर्नुपरेको थिएन।

विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन छ। उनलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रदर्शनकारीहरूले विक्रमासिंघेलाई राष्ट्रपति स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने यकिन छैन। किनकी उनीहरूले बुधबार पनि विक्रमासिंघेलाई राष्ट्रपति बनाउन नहुने भन्दै प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.