२०३० को विश्वकप आयोजनाका लागि दक्षिण अमेरीकी चार राष्ट्रको संयुक्त प्रस्ताव

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी : ८ वर्षपछि हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाका चार राष्ट्रले संयुक्त प्रस्ताव पेश गरेका छन्। सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना,  चिली,  उरुग्वे र पाराग्वेले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि दाबी पेश गरेका हुन्।​

उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो।  एक शताब्दीपछि उरुग्वे पुन विश्वकप आयोजनाका लागि इच्छुक बनेको हो। दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले २०३० को विश्वकप आयोजना गर्नु महादेशकै सपना भएको बताए।​

अर्जेन्टिनाले १९७८ र चिलीले १९६२ को विश्वकप आयोजना गरेको थियो। २०३० को विश्वकप आयोजनाका लागि युरोपियन देशहरु स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेश गरेका छन्। सन् २०२२ को विश्वकप कतारमा आयोजना हुने छ।

त्यसअघि २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने छन्। फिफाले २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.