सिरियामा असद चौंथो पटक राष्ट्रपति निर्वाचित, ९५ प्रतिशत मत पाएको दाबी

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । वर्षौंदेखि द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुक सिरियामा बसर अल असद फेरि राष्ट्रपति चुनिएका छन्।

बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा असदले ९५.१ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। यो जितसँगै ५५ वर्षीय असदलाई थप सात वर्ष सिरियामा शासन गर्ने बाटो खुलेको छ।

उनी राष्ट्रपतिमा निर्वाचित भएको यो चौथो पटक हो। अब असद परिवारले झन्डै ६ दशक सिरियामा शासन गर्ने भएको छ। यसअघि उनका बुवा हाफेज अल असदले ३० वर्ष सिरियामा शासन गरेका थिए। उनको सन् २००० मा मृत्यु भएको थियो।

बुधबारको चुनावमा कुल मतदाताको ७८ प्रतिशत मत खसेको बताइएको छ। असदका दुई प्रतिष्पर्धी थिए। तीमध्ये अब्दल्लाह सालोम अब्दल्लाहले १.५ र महमोउद अहमेद मारेइले ३.३ प्रतिशतमात्र मत पाएका छन्।

सिरियामा दशकौंदेखिको द्वन्द्व छ।द्वन्द्वमा लाखौंले ज्यान गुमाएका छन् भने दशौं लाख विस्थापित भएका छन्। असद सरकारले भने बुधबारको चुनावले सिरिया सामान्य तरिकाले चलिरहेको छ भन्ने देखाएको बताएको छ।

असदका विपक्षी र पश्चिमा अन्तर्राष्ट्रिय समुदायले भने चुनावमा व्यापक धाँधली भएको बताएका छन्। चुनावअघि फ्रान्स, जर्मनी, इटाली, बेलायत र अमेरिकाका विदेश मन्त्रीहरूले विज्ञप्ति निकालेर असदको आलोचना गरेका थिए। चुनाव निष्पक्ष र धाँधलीरहित नहुने उनीहरूको भनाइ थियो। सिरियाको छिमेकी टर्कीले पनि चुनावलाई अवैधानिक भनेको छ।

असद प्रशासनले अहिले सिरियाको झन्डै ७० प्रतिशत भू-भागमा नियन्त्रण राख्छ। उनका लागि नयाँ कार्यकालको चुनौती भनेकै गहिरिँदै गएको आर्थिक समस्या हुनेछ।

अमेरिकाले कडा पार्दै लगेको प्रतिबन्ध, छिमेकी लेबनानको नाजुक आर्थिक अवस्था, कोरोना महामारीले रेमिटेन्समा कमी र उसका हितैसी रूस र इरानले चाहिने जति राहत दिन नसक्ने भएपछि असद प्रशासनलाई चुनौती थपिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.