एजेन्सी । संयुक्त राज्य अमेरिकाको न्यू योर्क र न्यू जर्सीमा आएको आँधी र त्यसपछिको बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धेरै व्यक्ति बाढीमा फसेका छन्। न्यू योर्क र न्यू जर्सीका गभर्नरले राज्यमा आपतकालको घोषणा गरेका छन्।
बुधबार साँझ आँधी पछि वर्षा भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार न्यू योर्कका केही क्षेत्रमा मात्र १ घण्टाको अवधिमा ३ इन्चको वर्षा भएको थियो।
























