निजी क्षेत्रद्वारा सञ्चालित इटहरीको सुबिधा सम्पन्न आइसोलेसन सञ्चालनमा

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, इटहरी । इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ । सिमित ब्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइसोलेसन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकालाल चौधरीको शुभकामना मन्तब्य सँगै आइसोलेसन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो ।

इटहरी–१० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्टिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजन सहितको आइसोलेसन एक साता अघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीले आइसोलसन संचालनमा साथ दिएका छन् ।


निजी क्षेत्रको पहलमा सञ्चालन भएको सुबिधा सम्पन्न आइसोलेसनले इटहरी नगरबासीलाई ठुलो राहत मिल्ने नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले निजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंसा समेत गर्नुभयो ।
तीनतल्ले भवनमा सञ्चालित सुबिधा सम्पन्न आइसोलेसनमा प्राविधिक रुपमा डाक्टर र नर्स सहितको सुविधा रहेको छ । पछिल्लो समय सुनसरी सहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तिब्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिनका लागि निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इहरीका अध्यक्ष मुकेश अग्रवालले बताउनु भयो ।


स्थानीय तहले निर्माण गरेका कतिपय आइसोलेसनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको बेला संचालन भएको सुबिधा सम्पन्न यो आइसोलेसनमा संक्रमितलाई खाना र बस्न निःशुल्करहेको छ । यसका साथै बिभिन्न खेलकुदका सामाग्री, बिभिन्न पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभजनको सुबिधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । आइसोलेसनमा निःशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल सँगको सहकार्यमा ७ सय ५० रुपैयामा पिसिआर जाँच गर्ने सुबिधा पनि रहेको अधिकारीले बताउनु भयो । ।
इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ । गतवर्ष एक सय शैया क्षमता संचालित यो आइसोलेसन यस वर्ष ५० शैयामा सिमित गरिएको छ । यस्तो बेला निजी क्षेत्रबाट संचालित आइसोसनले राहत दिने विश्वास गरिएको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताउँनु भयो । महामारीमा सरकारी क्षेत्रको मात्र मुख ताक्ने प्रवृति रहेकोमा निजी तथा सामाजिक क्षेत्रबाट भएको यस्तो कार्यको अन्ततिर पनि अनुशरण गर्न प्रेरणा मिल्ने पौडेलको भनाइ छ ।


कोरोना भाइरस संक्रमणको पहिलो लहर फैलिदा आइसोलेसन तथा क्वारेन्टिन बनाउन स्थानीय तह हरुमा लहड नै थियो । दोस्रो लहर तिब्र रुपमा फैलिदा प्रदेश र स्थानीय तहको सक्रियता नदेखिएको भन्दै आलोचना भइरहेको छ । स्थानीय र प्रदेश सरकारकै प्रभावकारी भूमिका नरहेका बेला इटहरीमा भने निजी क्षेत्रको नेतृत्वमा आइसोलेसन संचालनमा आउनु सुखद रहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.