६ भदौं, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले स्नातक प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना अभियानलाई लक्षित गर्दै खुल्ला भिडीयो प्रतियोगित गर्ने भएको छ ।
भिडीयो बढीमा ३ मिनेटको हुनु पर्ने सूचनामा जनाइएको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको भर्ना अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो विधि अपनाइएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष विशाल तामाङ्गले बताउनु भयो ।
भिडीयोको उत्कृष्ट सर्जक र प्रथम हुनेलाई ५ हजार ५ सय, द्वितीय हुनेलाई ४ हजार ५ सय र तृतीय हुनेलाई ३ हजार ५ सय पुरस्कार प्रदान गरिने स्ववियु सचिव सुवास खत्रीले जानकारी दिनु भयो ।
बढीमा ३ मिनेट सम्म लामो भिडीयो भदौं १२ गते भित्र स्ववियु सचिव सुवास खत्रीको वाट्सएपमा पठाएपछि त्यसलाई सेन्सर पछि मात्र फेसबुकमा अपलोड गरिने र त्यसमा आएको लाइक र शेयरको आधारमा विजेत घोषित गरिने आइटी विभाग प्रमुख सुजन प्रधानले बताउनु भयो ।





















