खबरमञ्च साप्ताहिकको ७ औँ वार्षिकोत्सव सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

५ साउन, मेचीनगर : मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले बिहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ ।

उक्त खबरमञ्चका सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि बुढाथोकीले नगरका सञ्चारमाध्यमको संरक्षण र क्षमता अभिवृद्धिका लागि नगरले यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफु २०३५ सालदेखि नै पत्रपत्रिकाको पाठक भएको जनाउँदै नेपालको लोकतान्त्रिक र सामाजिक रुपान्तरणको अभियानमा पत्रकारिताको अतुलनीय योगादन रहेको चर्चा गरे ।

आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय मिडियाको विकासका लागि छुट्याइएको बजेट रोकिएको सम्बन्धमा प्रष्टिकरण दिदै नगरप्रमुख बुढाथोकीले भने–‘यसमा चाहिँ हाम्रा तर्फबाट कमजोरी भएको छ । नीतिगत भन्दा पनि प्रक्रियागत रुपमा हाम्रो त्रुटी भएको हो । यसलाई सच्याउँछौं ।’

उनले मेचीनगरलाई मिडियामैत्री कसरी बनाउने र त्यसको मापन समेत गरिने बताए । उनले मिडियासँग अपेक्षा गर्ने विषय थुप्रै रहेको बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, राष्ट्रिय समाचार समिति झापा प्रमुख अम्बिका भण्डारी, जन–संसद् दैनिकका सम्पादक झुलन रेग्मी, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, प्रेस क्लब मेचीनगरका उपाध्यक्ष शिशिर चौलागाइँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा खबरमञ्चका संरक्षक पिताम्बर शर्मा, शिक्षिका दिपा शर्मा लगायत मेचीनगरका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्पादक पौडेलले पत्रिका सञ्चालनमा देखिएका समस्याका विषयमा चर्चा गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी गगन ढकालले गरेका थिए ।

२०७३ साउन १० गते जिल्ला प्रशासन कार्यालय झापाबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक प्रकाशन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.