श्री दुर्गा माध्यमिक विद्यालयमा अध्यायनरत २४ जना छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तमोड : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ गरामनी स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा अध्यायनरत २४ जना छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ।
बिर्तामोड वडा नम्बर ७ निबासी स्थानीय व्यवसायि विष्णुकुमार चुडाल आमा नरमाया चुडाल लगायत चुडाल परिवारद्वारा स्थापित स्वर्गीय बुवा दधिराम चुडाल स्मृति छात्रवृत्ति द्वारा उक्त छात्रवृत्ति प्रदान गरिएको हो। सोमबार विद्यालयमा आयोजित एक विशेष समारोहकाबीच एक लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गरिएको छ। सो विद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
विद्यालयमा स्थापित छात्रवृत्ति कोष बाट पूर्ण छात्रबृति पाउने विद्यार्थीहरुमा दावा तामाङ, जीवन खनाल, कृष्ण चिमरिया, रुपा ओझा,ममता ढुंगेल , कुरेसा खातुन, तन बिनय रेग्मी, पूर्णिमा माझी र रेश्मा मगर रहेका छन्। उनीहरुले जनही रु ६ हजार नगद प्राप्त गरेका छन्।
यसैगरी अर्ध छात्रवृत्ति प्राप्त गर्नेहरुमा शान्ति उप्रेती, बिमला पाठक, सन्ध्या राई, रीता देवी चम्लागांई, यादव चौहान ,मनिषा भट्टराई, विप्लव घिमिरे,तीर्थबहादुर श्रेष्ठ, रहिमा खातुन , आरती कटुवाल, राम मुर्मु, हिसिला मुर्मु , चन्द्र बहादुर कामी, कृतिका भट्टराई , शोनी राजवंशी प्रतिक श्रेष्ठ, दिपा बस्नेत , मातृका मगर, साइमा खातुन , साइबा खातुन, रेखा राजवंशी र प्रकाश खरेल रहेका छन्। उनीहरुले जनही रु ३ हजार प्राप्त गरेका छन्। उक्त छात्रवृत्तिका संस्थापक आमा नरमाया चुडाल र छोरा विष्णु कुमार चुनाले नगद तथा प्रमाणपत्र विद्यार्थीहरुलाई प्रदान गर्नुभयो।
यसैगरी बिर्तामोड नगरपालिका वडा नम्बर ९ नडियाबारी निबासी स्वर्गिय रत्न बहादुर खड्का को स्मृतिमा स्थापित स्व रत्न बहादुर खड्का स्मृति छात्रवृत्तिबाट दुई जना विद्यार्थीहरु पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेहरुमा बेनी माया रेग्मी ले रु १० हजार प्राप्त गरेकी छन् भने सिर्जना भुजेलले रु ३ हजार प्राप्त गरेकी छन्। उक्त छात्रवृत्ति कोषका संस्थापक स्थानीय समाजसेवी काजी बुढाथोकीले नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
छात्रवृत्ति वितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डे विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटी ले संस्थापक हरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
संस्थापकहरु को तर्फबाट विष्णुकुमार चुडाल काजी बुढाथोकीले गरीब तथा जेहेन्दार विद्यार्थी हरुले पैसाको अभावमा अध्ययन गर्न बाट बन्चित हुनु नपरोस् भनेर उक्त छात्रवृत्ति स्थापना गरिदिएको बताउनुभयो। कार्यक्रममा संस्थापक अरुका परिवारजनहरु विद्यालयका शिक्षकहरु को समेत उपस्थिति रहेको थियो। कार्यक्रमलाई विद्यालयका शिक्षक उमानाथ भण्डारीले संचालन गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.