भृकुटी खानेपानीकाे साधारणसभा सम्पन्न, जग्गादाता रिजाल दम्पतीलाई सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

२६ जेठ, बाहुनडाँगी: मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मीना पाेखरेल उप्रेतीले हरेक नागरिकले शुद्ध र सफा पानी पिउन पाउनु उस्काे नैसर्गिक अधिकार रहेकाे बताउँनुभएकाे छ ।

शुक्रवार झापाकाे मेचीनगर- २ मा रहेकाे भृकुटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे प्रथम वार्षिक साधारण सभाकाे उद्घाटन गर्दैँ कार्यवहाक नगरप्रमुख उप्रेतीले उक्त कुरा बताउँनुभएकाे हाे ।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएका कार्यवहाक प्रमुख उप्रेतीले नेपालकाे संविधानमा हरेक नागरिकले शुद्ध स्वच्छ र सफा पानी पिउन पाउनु उस्काे नैसर्गिक अधिकारकाे ग्यारेन्टी गरेका कारण पनि स्थानीय सरकार मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीलाई याे अधिकारबाट बञ्चित हुन नदिनका लागि प्रत्येक वडामा खानेपानीकाे व्यवस्था गरीरहेकाे स्पष्ट पार्नुभयाे ।
पिउने पानी मानिसकाे जीवनसँग जाेडिएका कारण मानव जीवनमा पिउने पानीकाे महत्व कति हुन्छ भन्ने कुरामा हामी सव‌ैलाई जगजाहेर रहेकाे उहाँकाे भनाई थियाे । अब चयन हुने नेतृत्व परदर्शी र हरेक उपभोक्ताकाे समस्या बुझ्ने हुनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

अध्यक्षकाे प्रतिवेदनले धेरै कुरा बाेलेकाे भन्दैँ नगरपालिकाक्षेत्रमा साना र ठुला गरी दर्जनाै खानेपानीकाे याेजना रहेकाे स्पष्ट पार्दैँ काँकडभिट्टा , धुलावारी र चारआली खानेपानीले वर्षेनी कराेडाैँकाे काराेवार हुने बताउँनुभयाे । नगरका यस्ता आयाेजनामा लगानी गर्न स्थानीय सरकार पछि नहट्ने र प्रक्रिया पुर्याएर प्राथमिकताका आधारमा याेजनामा लगानी गर्ने उहाँकाे भनाई छ । यस खानेपानीमा देखिएका समस्या समाधानकालागि स्थानीय सरकार लाग्ने उहाँले प्रतिवद्धतन व्यक्त गर्नुभयाे । पानीकाे गुणस्तरमा ध्यान दिन भन्दैँ पानीबाट हरेक प्रकारका राेग लाग्ने र यसबाट बच्न पनि सफा शुद्ध पिउने पानी उपभोक्ताले पाउनुपर्ने उहाँकाे भनाई थियाे । शुद्ध ,स्वच्छ र सफा पानी हरेक उपभोक्तालाई पुर्याउनु समितिकाे मुख्य जिम्मेवारी रहेकाे उहाँकाे भनाई छ ।
कार्यक्रममा भृकुटी बजारक्षेत्रमा रहेका सामाजिक संघसंस्थाहरूलाई निरन्तर सहयाेग गर्दैँ यस संस्थालाई खानेपानी ट्याङ्की निर्माण र स्थलसम्म जाने बाटाेका लागि करीब १५ लाख रूपैयाँभन्दा बढिकाे १ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुहुने जग्गादाता वासु रिजाल र श्रीमती माया रिजाललाई सम्मान गरियाे ।

प्रमुख अतिथि कार्यवहाक नगरप्रमुख उप्रेती, संस्थाका अध्यक्ष दीपक वराललगायतले सम्मान पत्र , दाेसल्ला र ढाकाकाे टाेपी पहिर्याउनुभयाे । भृकुटीक्षेत्रका आम मानिसलाई सहजरूपमा खानेपानी उपलब्ध गराउन निर्वाह गर्नुभएकाे भूमिकाकाे उच्च मुल्यांकन गर्दैँ रिजाल दम्पतीलाई सम्मान गरिएकाे हाे ।

समितिका अध्यक्ष दीपक वरालले कार्यक्रमकाे सभापतित्व गर्दैँ सञ्चालक समितिकाेतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयाे । ३ पृष्ठ लामाे प्रतिवेदनमा संस्थाकाे विगत, वर्तमानकाे अवस्था र भावी याेजना समेटिएकाे छ ।संस्थाका काेषाध्यक्ष गंगा शर्मा कफ्लेले आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/०७८ काे ९५ लाख ८४ हजार ६ सय ६४ रूपैयाँ र आर्थिक वर्ष २०७८/ ०७९ देखि २०७९/०८० सम्मकाे ८५ लाख ९ हजार ४ सय ७० रूपैयाँ बराबरकाे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयाे ।

कार्यक्रमकाे उद्घाटन सत्रमा नेपाली काँग्रेस मेचीनगर -२ नम्वर वडा समिति सभापति राजु रिजाल, नेकपा एमाले मेचीनगर -२ नम्वर वडा कमिटी अध्यक्ष चन्द्रलाल ढकाल, नेकपा माओवादी केन्द्र मेचीनगर- २ नम्वर वडाका वडाध्यक्ष गाेपी रिजाललगायतले बाेल्नुभएकाे थियाे ।

सचिव उत्तम सिठुङले सञ्चालन गर्नुभएकाे कार्यक्रममा सहभागी सवैलाई संस्थाका सदस्य सन्ताेष गाेलेले शब्दद्वारा स्वागत गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.