बेलबारी नगरपालिकाकी उप- प्रमुखको तीज गीत सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । मोरङ बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीको रचना रहेको ‘नाच्ने हो छमछमी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीत बुधबार आर सी सापकोटाको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पराजुलीको गीतमा गायिका सरु गौतम र गायक आर सी सापकोटाले स्वर दिएका छन्। उक्त गीतमा भीम बिसीको सङ्गीत रहेको छ ।

वेभ रेकर्डिङ स्टुडियो अनामनगरले रेकर्डिङ गरेको गीतमा एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गतिको भिडियोमा अहिलेका चर्चित कलाकारहरू मेक्सम खाती, बिना राउत, सोनी महत, कजिश श्रेष्ठ, लगायतका चर्चामा रहेका कलाकारहरूको अभिनय रहेको छ ।

उपमेयर पराजुली गीतकार तथा कवियत्री समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.