जनशक्ति सहकारीको नाफा ५ लाख बढी

A notice in Nepali from Mechinagar Ward No. 10

१६ असोज, विर्तामोड : झापाको विर्तामोड ४ स्थित जनशक्ति वचत तथा ऋण सहकारी संस्थाले आ. व. २०७७/०७८ मा ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा गरेको छ ।

कोभिड १९ को सन्त्रासका बीच पनि सदस्यहरुले उल्लेख्य कारोबार गर्दा संस्थाले सन्तोषजनक नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले जानकारी दिए ।

संस्थाले शनिबार विर्तामोडमा नवौं साधारणसभा सम्पन्न गर्नेक्रममा साधारणसभामा अध्यक्ष कन्दङ्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आ. व. ०७७/०७८ मा १ करोड २८ लाख ९ हजार ६११ रुपैयाँ आम्दानी गरेको र १ करोड २२ लाख १७ हजार ८२५ रुपैयाँ खर्च भई ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा गरेको बताए ।

यस वर्ष संस्थाले ५ करोड ७३ लाख ५७ हजार ५४२ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ करोड ७३ लाख ८६ हजार २६ रुपैयाँ ऋण लगानी गरेको छ । सदस्य संख्या ३३९६ पुगेको छ भने शेयरपूँजी १ करोड ८४ लाख ९४ हजार पाँच सय पुगेको अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।

प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मणिराज दंगालले गरेका थिए भने स्वागत उपाध्यक्ष ढुण्डीराज गुरागाईंले गरेका थिए ।

प्रमुख अतिथि राजवंशी, विर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, कर्णाली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधानलगायतले शुभकामना मन्तव्य राखेको समारोहमा उत्कृष्ट वचतकर्ता पवित्रा विक, उत्कृष्ट ऋणी फुरछेकी खरेल, ज्येष्ठ महिला शेयर सदस्य सम्पती राजवंशी, उत्कृष्ट बाल वचतकर्ता आयुष शिवाकोटी र उत्कृष्ट कर्मचारी दिपिका लिम्बूलाई नगरसहित सम्मान गरिएको थियो भने संस्थापक सञ्चालक सदस्य हस्तबहादुर तामाङ र गोमादेवी चूडाललाई विशेष सम्मान गरिएको थियो ।
सो साधारणसभाले नयाँ सञ्चालक समिति पनि चयन गर्ने सचिव दंगालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.