बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

२ जेष्ठ, बुधबारे : झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ को अध्यक्षमा अनिल वाग्ले विजयी हुनु भएको छ ।  पत्रकार समेत रहनु भएका वाग्ले नेकपा एमालेका तर्फबाट  २०४३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

वाग्लेका प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गर्नु भएको थियो भने राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गर्नु भएको थियो ।

वडा अध्यक्षमा विजयी हुनु भएका वाग्ले बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष, पुर्वेली साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाको वर्तमान कार्यसमिति सदस्य समेत हुनुहुन्छ । बुधबारे जेसीजका निवर्तमान अध्यक्ष रहनु भएका वाग्ले प्रेस चौतारी नेपाल झापाका कार्यसमिति सदस्य पनि हुनुहुन्छ ।

बुद्धशान्ति वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । जसमा वडाध्यक्षमा वाग्लेसँगै वडा सदस्यहरुमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा, सदस्यमा मोहनकुमार राई र लक्ष्मीप्रसाद कडेल निर्वाचित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.