कनकाई छठ सेवा समाजको अध्यक्षमा राजकिशोर चौधरी

A notice in Nepali from Mechinagar Ward No. 10

१३ असोज, कनकाई : कनकाई छठ सेवा समाजको अध्यक्षमा राजकिशोर चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् ।

छठ समाजको छैटौं साधारण सभा एवम् पाँचौं अधिवेशन समापनसँगै समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलको संयोजकत्वमा संस्थापक अध्यक्ष उपेन्द्र प्रधान र पूर्व अध्यक्ष चन्द्रशेखर (चन्दन) शाह सदस्य रहेको निर्वाचन समितिको पहलमा चौधरी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । संस्था स्थापना हुनुअघिदेखि नै छठ पूजाकालागि महत्वपूर्ण योगदान दिँदै आएका राजकिशोर छठ समाजको विभिन्न जिम्मेवारी सम्हाल्दै यस अघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । आगामी कार्यकालकालागि अध्यक्ष पदमा तीनजनाको दावेदारी रहेको भएपनि तीन दिनसम्मको व्यापक छलफलपछि चौधरीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको बताइएको छ ।

सामाजिक क्षेत्रमा युवाहरुका विच लोकप्रिय बन्दै आएका अध्यक्षका अर्का प्रत्यासी खगेन्द्र महतोलाई आउँदो कार्यकालमा अध्यक्षको जिम्मेवारी दिनेगरी हाल वरिष्ठ उपाध्यक्षमा बस्न समाजका अग्रजहरुबाट नै सल्लाह सुझाव आएपछि सोही अनुरुप यस पटक महतो वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । छठ समाजको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका महतो छठ समाजको पूर्व महासचिव समेत हुन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी शिवशंकर महासेठले समेत आफ्नो उम्मेद्वारी झिकेर सर्वसम्मत नेतृत्व चयनकालागि आफ्नो तर्फबाट त्याग देखाएका थिए ।

यसै गरी कार्यसमितिका नवनिर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मुन्ना शाह, महासचिव रविन्द्र गुप्ता, सचिवमा किरण कारक र कोषाध्यक्षमा दिनेश ठाकुर सर्वसम्मत रुपमा चयन भएका छन् । अन्य सदस्यहरुमा नेत्र सोनी, अशोक शाह, विनोद चौधरी, राकेश चौधरी, सञ्जय शाह र महिला सदस्यद्वयमा अन्जु शाह र शोभा शाह सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका सदस्य एवम् समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले बताए ।

कार्यसमितिलाई सर्वसम्मत बनाउँन छठ समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलको संयोजकत्वमा संस्थापक अध्यक्ष उपेन्द्र प्रधान र पूर्व अध्यक्ष चन्द्रशेखर शाह(चन्दन) सदस्य रहेको निर्वाचन समितिले महत्वपूर्ण भूमिका खेलेको भन्दै निर्वाचन समिति लगायत सहजीकरण गर्ने निवर्तमान अध्यक्ष सहित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु, पूर्व अध्यक्ष, संचारकर्मी लगायत सहयोगी शुभचिन्तकप्रति नवनिर्वाचित अध्यक्ष चौधरीले धन्यवादसहित आभार प्रकट गरेका छन् । नवनिर्वाचित समितिले चाँडै एक विशेष कार्यक्रमका विच सपथ ग्रहण गरेर आफ्नो वार्षिक योजनासहितको कार्यक्रम अघि बढाउँने योजना रहेको नवनिर्वाचित अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।

कार्यसमितिले आफ्नो पहिलो कामको रुपमा निर्माणाधिन अवस्थामा रहेको संस्थाको सूर्यनारायणको मन्दिरसहितको सामुदायिक भवनलाई पूरा गर्ने साथै सामाजिक क्षेत्रमा अन्य गतिविधिलाई समेत निरन्तरता दिने योजना बनाएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.