कांग्रेसमा दुईसय बढी प्रवेश

A notice in Nepali from Mechinagar Ward No. 10

२९ पुस , सतासीधाम : शिवसतासी नगरपालिका वडा नं–७ मा आयोजित पार्टी प्रवेश तथा सदस्यता वितरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस शिवसतासी नगरपालिका वडा नं–७ को आयोजनामा सम्पन्न कार्यक्रममा नेकपा एमालेबाट १६ जना सक्रिय सदस्य, नेकपा माओवादीका ३०, राप्रपाका १९, लिम्बुवानका ४० जनासहित विभिन्न पार्टीबाट उक्त पार्टी छोडेर कांग्रेसमा प्रवेश गरेको नगर सभापति अशोक बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार नेपाल प्रहरीका सेवा निवृत प्रहरी नायव निरीक्षक श्रीप्रसाद लिङदेनसहित कम्तिमा २ सय ३ जनाले बिभिन्न राजनीतिकदल छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
यसअघि आफुहरु रहेको पार्टीका जिम्मेवार पदाधिकारी मोजमस्तीमा रमाउने, राजनीतिक शुसासन कायम नराख्ने र पदाधिकारी नै गैह्र जिम्मेवार रुपमा प्रस्तुत भएपछि सो पार्टीमा रहन नैतिकताले नदिएको र उक्त पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको प्रवेशीको भनाई छ ।
पार्टीमा प्रवेश गर्ने सवैलाई नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले फुल,माला, अविर र खादा लगाएर स्वागत गर्दै साधारण सदस्यता प्रदान गर्नुभयो ।
आफ्नो कार्यकालमा नगरभित्रका ५ हजार बढी अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गराउने लक्ष रहेको बताउँदै नगर सभापति बस्नेतले कांग्रेसले जहिले आम सर्वसाधारणको पक्षमा बोल्ने र उनीहरुकै हितका लागि कार्य गर्ने बताउनुभयो ।
वडा सभापति जय लिङदेनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति थेवे, प्रदेश कार्यसमिति सदस्य उत्तमकुमार चौलागाईँ, महाधिवेसन प्रनिनिधि भक्तिप्रसाद सिटौला, पर्शुराम ढुंगाना, सन्तोषकुमार मेनेङवो लगायतले शुभकामना मन्तब्य राख्दै पार्टीमा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.