कांग्रेसको वडास्तरीय प्रशिक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

१० चैत, अर्जुनधारा : वडा र टोलसम्म पुगेर नेपाली कांग्रेसको इतिहास, संगठन, स्थानीय तह निर्वाचन एवं एमसीसी बारे नेपाली कांग्रेस झापा र मातहत समितिहरुले चर्चा परिचर्चा गरिरहेका छन् । वडा र टोल स्तरीय तरुण एवं महिलाहरुलाई संगठित गर्दै बुथ समिति गठनको क्रम पनि जारी छ । यही क्रममा नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका ४, ५, ६ र ७ नं वडास्तरीय अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको सभाहलमा आयोजित कार्यक्रममा एमसीसी भ्रम र यथार्थ माथि अधिवक्ता भरत प्रसाईले र पार्टीको नीति, बिचार, सिद्धान्त र कार्यक्रम तथा चुनावी रणनीतिका बारेमा जिल्ला सचिव कृष्ण हुमागाईले सहजीकरण गर्नु भएको थियो ।
झापा क्षेत्र नं–२ प्रदेश ख का सभापति किरण श्रेष्ठको सभापतित्व एवं १ नम्बर प्रदेश समिति सदस्य राजकुमार बराइलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर सभापति हेमराज खरेल, विषय प्रवेश गराउनुभएको थियो भने कार्यक्रमको औचित्यमाथि प्रकाश क्षेत्रीय सभापति खगेन्द्र मैनालीले पार्नुभएको थियो ।
अर्जुनधाराका ४,५,६ र ७ न। वडाका २५० बढी कार्यकर्ताको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपक तामाङ्ग, जिल्ला सदस्य सरस्वती सिटौला, एल बहादुर गिरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.