मेचीनगरको सराहनीय कार्य: बौद्धिक तथा पूर्ण अशक्त नागरिकलाई घरैमा पुगेर स्वास्थ्य सेवा र परिचय पत्र

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर । मेचीनगर नगरपालिकाले बौद्धिक तथा पूर्ण अशक्त भएका व्यक्तिहरूको सुविधाका लागि घर-घरमै पुगेर स्वास्थ्य उपचार सेवा प्रदान गर्न सुरु गरेको छ। नगरपालिकाको महिला तथा बालबालिका शाखाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत बौद्धिक तथा पूर्ण अशक्त भएका नागरिकहरूलाई घरमै स्वास्थ्य जाँच र अपाङ्गता परिचय पत्र उपलब्ध गराउने अभियान थालेको हो।

शाखा प्रमुख जयन्ती खरेलका अनुसार गृह भेटद्वारा स्वास्थ्य जाँच गर्ने तथा परिचय पत्रमा पहुँच पुर्‍याउने उद्देश्यले बिहीबारदेखि मेचीनगरका सबै १५ वटै वडामा यो अभियान औपचारिक रूपमा सुरु गरिएको छ। अभियानको पहिलो दिन मेचीनगर–४, ५, ६, ७, ११ र १५ नम्बर वडाका ११ जना पूर्ण अशक्त व्यक्तिहरूलाई घरमै पुगेर उपचार सेवा प्रदान गरिएको छ। यसअघि बुधबार नगरपालिकाको सभा हलमा आयोजित स्वास्थ्य शिविरमा १३ जना सम्भावित अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरिएको थियो। तीमध्ये ७ जना (रातो कार्ड पाउने २, निलो २, पहेँलो २ र सेतो १ जना) परिचय पत्र पाउने प्रक्रियामा रहेको करुणा फाउन्डेसन नेपालका मेचीनगर संयोजक पदम बराइलीले जानकारी दिए।

मेचीनगर आधारभूत अस्पताल धुलाबारीका डा. प्रकाशचन्द्र गच्छदार र स्वास्थ्यकर्मी खगेन्द्र खतिवडा (लेलिन) सहितको टोलीले अशक्तहरूको स्वास्थ्य जाँच गरिरहेको छ। यो मानवीय अभियानमा नगर उपप्रमुख मीना पोखरेल उप्रेती, शाखा प्रमुख खरेल तथा सम्बन्धित वडाका वडाध्यक्ष र सदस्यहरूको समेत उपस्थिति रहेको थियो। संयोजक बराइलीका अनुसार मेचीनगरमा हालसम्म १७ सय ८५ जना अशक्त व्यक्तिहरू पहिचान भएका छन्, जसमध्ये ५१० जनाले रातो, ६६९ जनाले निलो, ४९६ जनाले पहेँलो र ८७ जनाले सेतो कार्ड पाइसकेका छन्। मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.