प्रेस क्लब मेचीनगरको साधारणसभा पुष १७ मा

A notice in Nepali from Mechinagar Ward No. 10

२५ मंसिर, मेचीनगर :प्रेस क्लब मेचीनगरले आफ्नो सातौं वार्षिक साधारण सभा आगामी पुस १७ गते शनिबार गर्ने भएको छ ।

शनिबार बसेको सचिवालयको सातौं बैठकले पुस १७ गते शनिबार तद्नुसार जनवारी १ तारिखमा गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।

सभालाई मेचीनगर भित्र रहेको पर्यटकीय स्थलमा गर्ने गरिको तयारी गरिएको अध्यक्ष उप्रेतीले बताए ।

क्लबको कार्यालयमा सम्पन्न बैठकमा क्लबका गतिविधिलाई थप सक्रियताका साथअघि बढाउनेसमेत निर्णय भएको अध्यक्ष उप्रेतीले बताए ।

बैठकले साधारण सभालाई व्यवस्थित ढंगमा सम्पन्न गर्ने कार्यमा सहयोग पुर्याउन आफ्ना सबै सदस्यहरुलाई आग्रह गरेको क्लबका सचिव जीआर धितालले जानकारी दिए ।

धितालले मेचीनगरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका तथा क्लबको विधानले तोकेको मापदण्ड पुरा गरेका सबै सञ्चारकर्मीहरुमा सदस्यता नवीकरण एवम् नयाँ सदस्यता लिन आह्वान गरिएको बताए ।

क्लबले मेचीनगरका सञ्चारकर्मीहरुको हितमा विभिन्न गतिविधि तथा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.