मेचीनगर नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

A notice in Nepali from Mechinagar Ward No. 10

३२ जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै उक्त कुरा जनाएको हो । मेचीनगरका नदीहरुबाट यही असार १ गतेबाट भदौ मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो ।

मेचीनगरको मेची, निन्दा, टिमाइलगायतका खोलाबाट ढुंगा, गिट्टी, बालुवालगायतको नदिजन्य पदार्थ प्रयोग गरिँदै आएको छ ।
नगरपालिकाले नेपाल सरकारको निणर्यानुसार बिगत बर्षहरु झै यस वर्ष पनि आषाढ, श्रावण र भाद्र महिनाभरी यस नगरपालिका क्षेत्रमा रहेको नदी, खोलाहरुबाट नदीजन्य सामाग्रीहरु जस्तै ढुंगा, गिट्टी, बालुवा, ग्राभेल आदि उत्खनन तथा संकलन कार्य बन्द गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए ।

उत्खनन तथा संकलनमा यदि कसैले नेपाल सरकारको उक्त निणर्यहरुको बर्खिलाप भएको पाइएमा नियमानुसार दण्ड, जरिवाना गरिने उनले बताए ।

हेर्नुहोस् मेचीनगरपालिकाको सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.