प्रेस क्लब मेचीनगरको नवौं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

४ असार, मेचीनगर : प्रेस क्लब मेचीनगरले स्थापना दिवसका अवसरमा आज शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

‘सञ्चार क्षेत्रका चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले पत्रकारहरुबीच एकता, सहकार्य र सौहार्दतामा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व केन्द्रीय सदस्य मोहन काजी मुख्य अतिथि रहेको कार्यक्रममा पत्रकारहरुले महासंघको सदस्यता शुद्धिकरणका विषयमा छलफल गरेका थिए ।

प्रेस क्लब मेचीनगरका पूर्वअध्यक्षहरु सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाइँ, नारी सञ्चार गृह झापाकी पूर्वअध्यक्ष अम्बिका भण्डारी, अग्रज पत्रकार जीएन शर्मा, नेपाल प्रेस युनियनका नेता राजेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव देबु बानिँयाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यसमितिका सदस्य गगन ढकालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.