मेचीनगर विपद् व्यवस्थापन समितिको वैठक सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असार, मेचीनगर:  मेचीनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिको वैठक सोमबार सम्पन्न भएको छ । मनसुन शुरुवातसँगै सम्भावित विपद्को उचित व्यवस्थापनका निम्ती समितिका संयोजक एवम् नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा बैठक नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिको सम्पन्न वैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको समितिका सदस्य एवम् आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले बताउनुभयो ।

वैठकले सम्भावित विपद् जोखिम क्षेत्र र स्थानको पहिचान गरी अनुगमन गर्ने, सचिवालय गठन गर्ने, विपद् सम्बन्धिका सवै सूचना एकद्वार प्रणाली अन्तर्गत पर्वाह गर्ने, विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक स्रोत साधन ज्याकेट, वेल्चा, डोरी, हेल्मेट, फरुवालगायतको समयमै व्यवस्थापन गर्नेलगायतको निर्णय भएको कार्कीले जानकारी दिनुभयो ।

बैठकमा समितिका संयोजक एवम् नगरप्रमुख विमल आचार्यले नगरपालिकाले १५ लाख रुपैयाँ बराबरको तारजाली खरिद प्रक्रिया अघि बढाएको, ४ सय ५० वटा तारजाली ५५ हजार बोराको व्यवस्थापनमा नगर सरकार जुटेको जानकारी दिनुभयो । यसैगरी, ढुङ्गा, बासलगायतका सामग्री वडा स्तरीय विपद् व्यवस्थापन समितिले जुटाउनुपर्ने, विपद् व्यवस्थापन पश्चात उद्घार , पुनःस्थापना,वैक्लपिक उपायहरु, स्थानहरु, पहिचान, पूर्व सूचना प्रणाली सञ्चालन गर्ने लगायतका विषयमा समेत बैठकमा छलफल भएको थियो ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेती, सामाजिक विकास समिति संयोजक एवम् वडानम्बर ४ का वडाध्यक्ष नविन वराल, आर्थिक विकास समिति संयोजक एवम् वडानम्बर १० का वडाध्यक्ष सुवेशकुमार पनेरु पूर्वाधार विकास समिति संयोजक एवम् कार्यपालिका सदस्य कृष्ण कनाल, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवम् कार्यपालिका सदस्य टीकाराम मंग्रान्ती,विधेयक समिति संयोजक कुश्मी चौधरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट विओपी काँकरभिट्टाका विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, नेपाली सेनाका सेनानी आकृति घिमिरे, नेपाली काँग्रेस मेचीनगर समिति सचिव हस्त आङ्गदेम्बे, नेकपा माओवादी केन्द्का मेचीनगर अध्यक्ष पुष्प गुरागाईँ, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, नेपाल रेडक्रस सोसाईटि उपशाखा धुलावारी अध्यक्ष कुसुम कोइरालालगायत समितिका अन्य सदस्यहरुको वैठकमा उपस्थिती थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.