नेकपा एमाले मेचीनगर वडा नं ६ का उम्मेद्वारहरु घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

३ वैशाख, काँकरभिट्टा : नेकपा एमालेले मेचीनगर वडा नं ६ काँकरभिट्टामा एमालेतर्फबाट उम्मेद्वारहरु घोषणा गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर वडा नं ६ को वडा अध्यक्षमा बालकृष्ण थापा उम्मेद्वार हुने भएका छन् ।

मेचीनगर वडा नं ६ को एमाले प्रचार प्रसार कार्यालय उद्घाटनको अवसरमा गरिएको उम्मेद्वारी घोषणामा अध्यक्षमा थापासहित खुल्ला सदस्यमा ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहनु भएको छ । त्यस्तै, महिला खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्बसम्मत रुपमा उम्मेद्वार बनाउने गरी नगरकमिटिमा सिफारिस गरिएको एमाले मेचीनगर वडा नं ६ का वडा कमिटिका अध्यक्ष प्रितम काफ्लेले बताए ।

एमाले जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको प्रचार कार्यालय उद्घाटनका अवसरमा घोषणा गरिएका उम्मेद्वारहरु नै एमालेका तर्फबाट मेचीनगर वडा नं ६ का लागि अन्तिम भएको भए पनि जिल्ला कमिटिले उम्मेद्वारका रुपमा निणर्य गर्न भने बाँकी रहेको एक एमाले नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.