मेचीनगर–१३ मा एमालेको प्यानलै विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

६ जेठ, मेचीनगर : मेचीनगरको वडा नम्बर १३ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।
मेचीनगर १३ को वडाध्यक्षमा कृष्णराज सिग्देल, खुला महिला सदस्यमा तुलसा काफ्ले बराल(१३०६), दलित महिला सदस्यमा रीता परियार(१४०५), खुला सदस्यतर्फ रविन्द्र न्यौपाने (१२९४) र ऋषिराज राजबंशी (११५५) मत ल्याएर निर्वाचित भएका हुन् ।

वडाध्यक्ष सिग्देलले १४१६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धि कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले ११७८ मत प्राप्त गरेका थिए । सिग्देलले यसअघि पनि वडाध्यक्षको जिम्मेवारी समालिसकेका छन् ।

यसअघि एमालेले मेचीनगर–२ तथा १ र ३ नम्बर वडामा वडाध्यक्षसहित प्यानलै जीत हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.