भोजपुरी कलाकार नआएपछि सुनसरीको बर्जु महोत्सवस्थल तोडफोड, चार भारतीय सवारीमा आगजनी

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी,४ पाैष । कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सवस्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले मंगलबार तोडफोड र आगजानी गरेको छ।
महोत्सव आयोजकले कार्यक्रमस्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएको हो ।

सो क्रममा चारवटा भारतीय सवारीसाधनमा आगजनी भएको छ । भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले बिराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भीड तोडफोडमा उत्रिएको हो ।

पुष २३ गतेबाट महोत्सव संचालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशनबेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो । सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोसित बन्दा पछिल्लो घटना सृजना हुन पुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.