१ जेठ, मेचीनगर : झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधिका लागि शुक्रबार सम्पन्न निर्वाचनको शनिबार ४ सय २८ मतगणना हुँदा उपप्रमुखमा नेकपा एमालेक सूर्य चुनाव चिन्हवहाक उम्मेद्वार मीना पोखरेल उप्रेतीले आफ्नो अग्रतालाई कायम राख्नुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार मेचीनगर वडानम्बर १ को कृष्ण निमावि तथा जनकल्याण प्राथमिक विद्यालय मतदान स्थल अन्तर्गत क र ख को राति ९ बजेसम्म ४ सय २८ मतगणना हुँदा उपप्रमुखमा नेकपा एमालेकी सूर्य चुनाव चिन्हवहाक उम्मेद्वार मीना पोखरेल उप्रेतीले १ सय ८१ मत प्राप्त गर्नुभएको छ । उहाँले शुरुदेखि नै लिइएको अग्रतालाई कायम राख्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी गठबन्धनका नेकपा माओवादी केन्द्रका हसिया हथौडा चुनाव चिन्हवहाक उम्मेद्वार प्रकाश भण्डारीले १ सय मत प्राप्त गर्नुभएको छ । उहाँको भन्दा उप्रेतीले प्राप्त गरेको मत ८१ ले बढी हो । यसैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका हलो चुनाव चिन्हवहाक सविन कट्टेलले ५५ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखमा नेकपा एमालेका सूर्य चिन्हवहाक उम्मेद्वार गोपालचन्द्र बुढाथोकी ६ मतका साथ गठबन्धकातर्फबाट नेपाली काँग्रेसका रुख चुनाव चिन्हका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीसँग अघि हुनुहुन्छ । गोपालचन्द्रले १ सय ८१ र इन्द्रबहादुरले १ सय ७५ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका हलो चुनाव चिन्हवहाक उम्मेद्वार रमेश दाहालले ३० मत प्राप्त गर्नुभएको छ ।


























