मेचीनगर नगरपालिकामा जेन-जी आन्दोलनले ३ करोड ३३ लाख बढीको क्षति

A notice in Nepali from Mechinagar Ward No. 10

झापाको मेचीनगर नगरपालिकामा गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट नगरपालिकाको संरचना तथा सामग्रीहरूमा तीन करोड ३३ लाख २८ हजार १९८ रुपैयाँ बराबरको ठूलो क्षति पुगेको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार, यो क्षति झापाका १५ पालिकामध्ये सबैभन्दा बढी हो। नगर प्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार तोडफोड र आगजनीबाट नगरको दुईवटा शाखा कार्यालय (राजश्व शाखा र न्यायिक समितिको कार्याकक्ष) पूर्णरूपमा क्षति भएका छन् भने शिक्षा शाखा र विद्युत शाखाबाट आंशिक रूपमा मात्र सेवा प्रवाह भइरहेको छ।

क्षतिको विस्तृत विवरणमा नगरपालिकाको मुख्य कार्यालयतर्फ ६८ लाख १६ हजार ३८३ रुपैयाँ ५९ पैसा बराबरको क्षति पुगेको छ। यसैगरी, वडा कार्यालयतर्फ मेचीनगरका ११ वटा वडा कार्यालयहरू (वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १५) मा ९६ लाख ७५ हजार ६५० रुपैयाँ १८ पैसा मूल्य बराबरको क्षति पुगेको छ। यी ११ वटा वडा कार्यालयहरू पूर्णरूपमा क्षति हुँदा जनमुखी सेवा प्रदान गर्न समस्या भएको छ र हाल अस्थायी रूपमा कार्यालय सञ्चालन भइरहेका छन्। आन्दोलनकारीले नगरपालिकाको कार्यालय भवनभित्रका फर्निचर, विद्युतीय लाइन, कम्प्युटर, प्रिन्टर, ल्यापटप र नेटलगायत सबै सामग्रीमा आगजनी र तोडफोड गरेका कारण लेखा शाखा र उपमेयरको कार्यकक्षबाहेकका कार्यालयका सबै कागजात तथा अभिलेखहरू नष्ट भएका छन्। नगरपालिकाको ३२ वटा सेवालाई अनलाइनमार्फत प्रवाह गर्ने ‘डिजिटल गभर्मेन्स’ योजनामा पनि पूर्णरूपमा क्षति पुगेको छ।

राष्ट्रिय सन्दर्भ: देशभर भदौ २४ गते भएको तोडफोड र आगजनीबाट ६२९ भवन पूर्ण रूपमा क्षति भएको र एक हजार ५६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको नेपाल प्रहरीले प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। यस क्रममा देशभर ३१० सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्। मेचीनगरमा मात्र नभई सुनसरीका सरकारी कार्यालयमा सवा अर्बभन्दा बढीको क्षति पुगेको तथा शुक्लाफाँटा नगरपालिकामा पनि करिब ३ करोड २५ लाखको संरचना खरानी भएको विवरणहरू सार्वजनिक भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.