भोलि बुधबार मेचीनगरमा स्वाव संकलन नहुने

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २५ जेठ : मेचीनगर नगरपालिकाले कोभिड १९ को संक्रमण छ वा छैन भन्ने पीसीआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने कार्य बुधबार (भोली) एकदिनका लागि स्थगन गरेको छ । नगरपालिकाका कोभिड फोकल पर्सन सविता सापकोटाले आर टि र पीसीआर संकलन स्थगन सम्बन्धि सूचना जारी गरी यस्तो जानकारी गराउनु भएको हो ।

बुधबार मेचीनगर नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा ६२ देखि ६४ बर्षसम्मका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्घको खोप लगाइने भएकोले त्यसको व्यवस्थापनका लागि नगरपालिकाबाट भइरहेको पीसीआर स्वाव संकलन कार्य एकदिनका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाको स्वासथय शाखाका अनुसार बुधबारबाट सुरु हुने कोभिड–१९ विरुद्धको खोपको लागि मेचीनगरमा वडागत खोप केन्द्र निर्धारण गरिएको छ ।
मेचीनगरमा रहेका ५ वटा स्वास्थ्य चौकीमार्फत १५ वटा वडाका मापदण्ड अनुसारका नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको नगरपालिका स्वास्थ्य शाखा स्रोतले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.