कोभिड १९ विरुद्घको खोप अभियानलाई व्यस्थित बनाउन मेचीनगरको आग्रह

नगरका राजनीतिक दलहरु व्यवस्थित बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१० भदौ, मेचीनगर : झापाको मेचीनगरका क्रियाशील राजनीतिक दलले नगरभित्र लगाईने कोभिड १९ विरुद्घको खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ-आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् ।

डीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्घको भेरोसिल दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान भदौ ११ गते शुक्रवारबाट शुरु हुदैं छ । भदौ ११ देखि १३ गतेसम्म हुने खोप अभियानलाई मध्यनजर गरेर नगरपालिकाले बुधबार मेचीनगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधि,नगरभरिका वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र सञ्चारकर्मीसहितको छलफलमा दलकातर्फबाट प्रमुख प्रतिनिधिहरुले यस्तो प्रतिवद्घता जनाएका हुन् ।

खोप सेवा सञ्चालन गर्दा पालिका स्तरमा सर्वपक्षिय बैठक राखेर छलफल गरेर खोप अभियान सञ्चालन गर्नु अघि नै पूर्व तयारी योजना बनाएर मात्र खोप अभियान सञ्चालन गर्नुपर्ने १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय झापाले निर्देशिका जारी गरेको छ ।

छलफलमा सहभागी सवैजना भेरोसिल खोप पहिलो मात्राको खोपकार्डको आधारमा मात्र अभियान सञ्चालन गर्नेमा एकढिक्का भएका छन् । छलफलमा सहभागी राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले खोप केन्द्रमा हुने अनावश्यक भीडभाड लाई व्यवस्थित गर्न, लक्षित समुदायलाई मात्र खोप उपलब्ध गराउन, स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्ने कुरामा दलका तर्फबाट पूर्णरुपमा साथ सहयोग हुने बताएका थिए ।

नगप्रमुख विमल आचार्यले छलफलको अध्यक्षता गदैं अहिलेसम्म कोभिड संक्रमण तथा रोकथाम र खोप लगाउने कार्यमा मेचीनगर देशकै उत्कृष्ट बनेको चर्चा गदैं यसलाई बचाई राख्न, नगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधि, नगरभरिका वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग आग्रह गर्नुभएको थियो । नगरप्रमुख आचार्यले खोप अभियान सञ्चालन गर्दा हुन सक्ने अवान्छित गतिविधि व्यवस्थापनको आवश्यक सहयोगको अपेक्षा समेत राख्नुभयो ।

उहाँले खोप केन्द्रलाई व्यवस्थित गर्ने, अनावश्यक भीडभाड हुन नदिने, खोप कार्डको दुरुपयोग हुन नदिनेलगायत सवै कुरामा सवैको साथह सहयोग र समन्वयको आवश्यकता औल्याउँनुभयो । खोपको पहिलो मात्रा लगाउने मात्र दोस्रो मात्रा लगाउन पाउने भएकाले त्यसर्फ सवै सचेत हुन आग्रह गदैं प्रत्येक नगरवासी खोप लगाउनबाट बञ्चित नहुँन भनेर प्रचार प्रसारलाई व्यापक बनाउन समेत उहाँले सवैमा आग्रह गर्नुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले कोभिड १९ विरुद्घको भेरोसिल दुई डोजको एक भाएल पहिलो मात्रा खोप जहाबाट लगाईएको हो त्यहीबाट लगाउने व्यवस्था मिलाईको बताउनुभयो । उहाँले साविककै खोप केन्द्रबाट यो सेवा प्रवाह गर्ने सहभागी सवैलाई जानकारी गराउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले खोपका बारेमा जानकारी गराउनुभएको थियो ।

राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले आफ्नोतर्फबाट स्वयम्सेवकका रुपमा भूमिका निर्वाह गर्न तयार रहेको भन्दैं स्वायम्सेवकका नाममा अनावश्यक गतिविधि हुन नदिन नगरपालिकालाई सुझाव दिएका थिए । नेपाली काँग्रेस मेचीनगर सचिव हस्तबहादुर आङ्गदेम्बे, नेकपा एमाले मेचीनगर इञ्चार्ज देवकुमार राई, नगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पुष्प गुरागाईं, संघीय समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष सविना बजगाँइले विगतमा खोप कार्ड वितरणमा भएका समस्या भएकाले त्यसलाई सुधार गरेर जान सम्बन्धित जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको थियो । छलफलमा पहिलो मात्रा खोप लगाएको कार्डको आधारमा ५५ वर्ष माथि उमेर समुहका आमनागरिकलाई खोप उपलब्ध गराउने सहमति भएको छ ।

भदौ ११ देखि १३ गतेसम्म भद्रपुर, मेचीनगर, विर्तामोड, अर्जुनधार र दमक नगरपालिका तथा बुद्घशान्ति, कचनकवल, हल्दिवारी, बाह्रदशी गाउँपालिका गरी नौवटा पालिकामा भेरोसिल दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ । यसैगरी, भदौ १७ देखि १९ गतेसम्म कन्काइ , शिवसताक्षी र गौरादह नगरपालिका तथा कमल, झापा, गौरीगञ्ज गाउँपालिका गरी ६ वटामा अभियान सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.