मेचीनगरमा चिया बगानमा कार्यरत ७ सय ८७ मजदुरलाई खोप लगाईयो

A notice in Nepali from Mechinagar Ward No. 10

७ असोज, मेचीनगर : मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेको छ । नगरप्रमुख विमल आचार्यका अनुसार बिहीबार नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान र ६ तथा ७ नम्बर वडामा रहेको सतिघट्टा चिया बगानमा कार्यरत ७ सय ८७ मजदुरहरुलाई खोप लगाएको छ । नगरभित्रका चिया बगानमा कार्यरत मजदुरहरुलाई लक्षित गरेर सञ्चालन गरेको खोप अभियानमा बगान प्रशासनले सम्बन्धित वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने समेत बताउनुभयो ।

टोकला चिया कमानमा कार्यरत मजदुहरुलाई कारखानामै पुगेर स्वास्थ्यकर्मीहरु सुष्मिता रायमाझी, फूलमाया पोखरे र सुष्मा कार्कीले बगानमा कार्यरत ३ सय ६८ जना मजदुरहरुलाई एस्टाजेनिकको पहिलो मात्रा खोप लगाईदिनुभएको थियो । त्यस वडाका जनप्रतिनिधिहरुले सहयोग र समन्वय गर्नुभएको थियो ।

यसैगरी, सतिघट्टा चिया बगानमा कार्यरत ४ सय १९ जना मजदुरहरुलाई स्वास्थ्यकर्मी कृष्णकुमारी बजगाईँ, गोमा कोइराला र सरीता मेचेले भेरोसिलको पहिलो मात्रा लगाईदिनुभएको थियो । उपप्रमुख मीना पोखरेल उप्रेतीले शुक्रबार नगरको १५ नम्वर वडामा रहेका वैभव, कालिकालगायत अन्य चिया बगानमा कार्यरत ६ सय तथा ५ नम्बर वडामा रहेका विभिन्न चिया बगानमा कार्यरत ३ सय तथा विभिन्न सहकारी, डेरी उद्योगमा कार्यरत ६ सय गरेर १ हजार ५ सय जनालाई खोप लगाउने तयारी गरिएको बताउनुभयो ।


नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले शुक्रबारका लागि सम्बन्धित खोप केन्द्रमा खोप पठाउने तयारी पुरा भएको बताउनुभयो । नगरपालिकाले यसअघि नगरका उद्योगी व्यवसायी, साना तथा हलुका सवारी साधनका चालक, विद्यार्थीलगायत मापदण्ड अनुसारका उमेर समूहका व्यक्तिहरुलाई खोप लगाएको थियो । यसैगरी, नगरपालिकाले आइतबारबाट वडास्तरीय खोप अभियान शुरु गर्ने भएको छ । नगरपालिकाले कोभिड १९ विरुद्धको खोप सञ्चालनका लागि प्राथमिकताका आधारमा यातायात व्यवसायी, खेलाडी, चिया बगानमा कार्यरत मजदुर, सहकारी, उद्योग तथा कलकारखानामा कार्यरत मजदुर, उद्योगी, व्यवसायी, डेरी, उद्योग, सहकारी, क्यासिनो, होटलमा कार्यरत मजदुर र व्यवसायी, मनि चेञ्जर, कुरियर, होम डेलिभरी, कृषि परियोजना, ग्यारेज, पार्लर सैलुन, गुरुकुल, कृषि, पशु फर्म, मदरशा, मठ, मन्दिर र गुम्बामा रहने व्यक्तिलाई राखेको छ । यो वर्गका करीव ६ हजार ६ सय ८० जनालाई कोभिड १९ विरुद्घको खोप लगाउने लक्ष्य लिईएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.