११ जेठ, मेचीनगर । मेचीनगर–९, धुलावारीस्थित होलीबेल अग्रेजी माविका प्रिन्सिपल अणु प्रधानको निधन भएको छ ।
मृगौला प्रत्यारोपणका लागि भारतमा उपचाररत ६० वर्षीय प्रधानको मंगलबार विहान १० बजे निधन भएको विद्यालयका सहायक इन्चार्ज सुरज कार्कीले जानकारी दिनु भयो ।
करिब एक बर्षअघिदेखि दुबै मृगौला खराब भएपछि उहाँ मृगौलाको नियमित डायलासिस गराउँदै आइरहनु भएको थियो ।
भारतको नयाँ दिल्ली अस्पतालमा उपचार गराइ रहँदा कोरोना जोखिम र संक्रमण अनियन्त्रत भएपछि अस्पतालले उपचारका लागि कलकत्ता रेफर गरेको थियो ।
कलकत्तामा रहेर उपचार गराउने क्रममा ४ हप्ता अघि वहाँमा कोरोनाको संक्रमणसमेत पुष्टि भएको बताइएको छ । तर, ७ दिनअघि उहाँ कोरोना संक्रमणमुक्त भएका थिए ।
सामान्य अवस्थाकै बीच मंगलबार विहान अचानक हृदयघातको समस्या भई उहाँको निधन भएको खबर आएको कार्कीले जानकारी दिए ।
प्रधानको अहिले कलकत्तामै दाहसंस्कार गर्ने तयारी भइरहेको जनाइएको छ ।
वहाँका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन् ।
























